जव ७२ जना यात्रु बोक्ने बुद्ध एयर एक जना मात्रै यात्रु बोकेर विराटनगर उड्यो…

काठमाडौं, कात्तिक १६ । नजिकिदो निर्वाचन र तिहार सकेर राजधानी भित्रिनेको बढ्दो संख्याले व्यस्त रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक एक सयको हाराहारीमा आन्तरिक र बाह्य उडानहरु हुँदै आएका छन् । पछिल्लो समय हवाई यात्रुको सख्या समेत बढ्दै गएको समयमा टिकट पाउन समेत मुस्किल हुने अहिलेको समयमा मंगलबार बुद्व एयरको जहाज भने एक जना मात्रै […]

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटनापछि काठमाडौं-सिमरा रूटमा हवाई यात्रु घटे

बारा । बाराको सिमरा विमानस्थलबाट काठमाडौंमा हुने दैनिक उडान र यात्रु संख्यामा कमी आएको छ । काठमाडौं–सिमरा उडान गर्दै आएका बुद्ध एयर र यति एयरलाइन्सले यात्रु संख्यामा कमी आएपछि उडान घटाएका हुन् । पोखरामा यति एयरको विमान दुटना भएपछि सिमरा रुटमा पनि यात्रुकाे संख्या घटेको हो । यात्रु संख्यामा कमी आएपछि यति र वुद्ध एयरले […]

बुद्ध एयर ल्यान्ड हुन नसक्दा यात्रु बेहोस

नेपालगञ्ज– काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. नाइनएन–एजेएक्सको जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ । बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र […]

काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका

यात्रु बेहोस भएपछि बीच बाटै फर्कियो बुद्ध एयर, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।  यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो । उनले भने, अहिले विमान काठमाडौं आइसकेको छ, बिरामीलाई अस्पतालमा लगिएको छ ।

अहिलेसम्मकै सस्तो आन्तरिक हवाई उडान

काठमाडौं। निषेधाज्ञाको चौथो दिन यात्रु कम भएपछि आन्तरिक हवाई कम्पनीले उडानमा ५० प्रतिशतले घटाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरणअनुसार आइतबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्सलगायत वायुसेवा कम्पनीले क्रमशः ४, ३६, १८, ४, १२, तीन गरी जम्मा ७७ वटा उडान गर्नेछन्।

अहिलेसम्मकै सस्तो आन्तरिक हवाई उडान

काठमाडौं। निषेधाज्ञाको चौथो दिन यात्रु कम भएपछि आन्तरिक हवाई कम्पनीले उडानमा ५० प्रतिशतले घटाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरणअनुसार आइतबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्सलगायत वायुसेवा कम्पनीले क्रमशः ४, ३६, १८, ४, १२, तीन गरी जम्मा ७७ वटा उडान गर्नेछन्।

यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ -आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ । बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट […]

भरतपुर – भैरहवा उडान थप गर्दै बुद्ध एयर

वैशाख ७, चितवन । यसअघि भरतपुर– काठमाडौं गर्दै आएको बुद्ध एयरले  थप भरतपुर - भैरहवा उडान गर्ने भएको छ । यात्रुहरुको माग र आवश्यकतालाई ध्यानमा राखी उडान सञ्जाल विस्तार गर्दै जाने हेतुले भरतपुर - भैरहवा उडान थप गरिन लागिएको कम्पनीले बताएको छ ।  वैशाख १८ गतेबाट भरतपुर भैरहवामा सेवा सञ्चालन गर्न लागिएको बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले जानकारी दिए । ‘पहिलेदेखि कम्पनीको उडान सञ्जाल विस्तार गर्ने कम्पनीको योजना पनि थियो ’, उनले भने, भैरहवाबाट भरतपुर र भरतपुरबाट भैरहवा जाने यात्रुहरुको माग पनि उत्तिकै छ ।’  भरतपुर भैरहवा उडान शुरु गर्ने वित्तिकै लुम्बिनीको पर्यटकीय गन्तव्य र चितवनको पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।  नारायणगढदेखि  बुटवल जाने सडक हाल स्तरोन्नति र निर्माण कार्य भएकोले यो उडानले यात्रुलाई केही सहज हुने उनले बताए । उनका अनुसार शुरुवाती क्षणमा कम्पनीको १८ सिटे जहाजबाट एउटा उडानबाट मात्र सेवा दिइनेछ ।  भरतपुर– भैरहवाको उडान भाडादर ३ हजार १०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म हुन सक्ने उनले बताए ।  भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बुद्ध एयरको  भरतपुरबाट देशका अन्य शहर तथा जिल्लामा उडान सञ्जाल बढ्नु यात्रु तथा कम्पनी सबैलाई लाभ हुने बताए । ‘उडान विस्तारले यात्रुलाई सहज पनि हुन्छ’, उनले भने, ‘देशका प्रमुख शहर तथा जिल्लालाई जोड्न समेत सहयोग पुग्नेछ ।’ हाल कम्पनीले  दैनिक भरतपुर–काठमाडौं सात ओटासम्म र भरतपुर–पोखरा एउटा उडान गर्दै आएको छ ।

थप ६ अन्तर प्रदेश हवाई सेवा विस्तार गर्दै बुद्ध एयर, यस्तो छ भाडा दर

करोनापछि सुस्ताएको अर्थतन्त्रलाई बुध्द एयरको उडानले थोरै भएपनि चलायमान भूमिका खेलेको छ । दैनिक १२० भन्दा बढी उडान र ६५०० भन्दा बढी यात्रुको आउजाउले स-साना होटलदेखि पर्यटकीय गाडीहरुले रोजगारी सिर्जना गरेको छ । बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ । अहिले हवाई सेवा लिने यात्रु...

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर

बुद्ध एयरले खराब मौसम र यात्रुको सुरक्षाका लागि सोमबार उडानहरु रद्ध गरेको स्पष्ट पारेको छ। मौसमका कारण काठमाडौं–विराटनगर–काठमाडौं उडान रद्ध हुँदा यात्रु असन्तुष्ट भएपछि बुद्ध एयरको कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्धारित उडान रद्ध गर्नु बाध्यता भएको र सुरक्षा चासो बुझिदिन यात्रुलाई आग्रह गरेको छ।