खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नं १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ ...

सम्बन्धित सामग्री

यस वर्ष रुकुमका झण्डै दुइ हजार घरका खरकाे छाना हटाइए

काठमाण्डाै – रुकुम पश्चिममा खरको  छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै  घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका– ३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएकाे हो। गएको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक सय २० खरका छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण आठबीसकोट नगरपालिकाले गरेको छ भने सबै भन्दा कम ५२ खरका छाना विस्थापित सानीभेरी गाउँपालिकाले गरेको छ । त्यस्तै मुसिकोट नगरपालि...

विपन्नको घरको छाना फेरिए

लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छानो हटाएर टीनले छाएको छ । नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत खरले छाएको घरलाई जस्तापाताको छानोले छाएको हो । बेँसीशहर नगरपालिका-११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाकै घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना अहिले पूरा भएको छ ।बेँसीशहर नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसँगै पाण्डेले पनि जस्तापाताले घर छाएका हुन् । उनलाई नौ फुटको

मदाने खरका छानामुक्त गाउँपालिका घोषित

गुल्मी : मदाने गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको छ। बिहीवार विशेष कार्यक्रम गरी खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो।वडा नम्बर एकमा १४१, वडा नम्बर २ मा १८०, वडा नम्बर ३ मा १४५, वडा नम्बर ४ मा ३२, वडा नम्बर ५ मा १०७, वडा नम्बर ६ मा ५२ र वडा नम्बर ७ मा ७० जना गरी कुल ७२९ घरमा खरका छाना हटाई जस्तापाता लगाइएको गाउँपालिकाले जनाएको छ।यस्तै‚ एकीकृत बस्तीका १७ घर निर्माण, भूकम्पपछि पुनर्निर्माण भएका निजी आवासअन्तर्गत १४१, नागरिक आवासअन्तर्गत १२८, जनता आवास अन्तर्गत सात र नम

मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा

मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्र रहेका एक हजार ५४ घरधुरीमा खरका छाना हटाई जस्तापाता लगाई गाउँपालिकालाई बिहीबार खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो । जसअनुसार वडा १ मा १४१, वडा २ मा १८०, वडा ३ मा १४५, वडा ४ मा ३२, वडा ५ मा १०७, वडा ६ मा ५२ र वडा ७ मा ७० जना गरी कुल ७२९ घरमा खरका छाना हटाई जस्तापाता लगाइएको गाउँपालिकाले जनाएको छ ।

जस्तापाताले टल्किए सिस्नेका १७२ घर

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको हालसम्म १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाएर जस्तापाता लगाइएको हो । कार्यक्रम लागू भएको सुरुको वर्ष अर्थात् आव ०७६/७७ मा सिस्ने गाउँपालिकाका ३० घरपरिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना हटाएर टिनको छाना हालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए । उनका अनुसार आव ०७७/७८ मा ७६ घरपरिवारले टिनको छाना हालेका थिए । चालु आवको अहिलेसम्मको अवधिमा भने ६६ घरपरिवारले टिनको छानो फेरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।   चालू आवमा टिनको छाना फेरेका ६६ जनालाई भुक्तानीसमेत दिइसकेको गाउँपालिकाले बताएको छ । खरको छाना हटाई टिनको छाना हाल्न सम्झौता गरेकामध्ये ८७ घरपरिवार अझै बाँकी छन् । उनीहरूमध्ये कतिपयले घर बनाइसकेका छन् भने कतिपयले बनाएका छैनन् । उनीहरूलाई पनि भुक्तानीका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा बजेट माग गरी पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।   उनका अनुसार गाउँपालिकाभरबाट टिनको छानाका लागि ५८३ वटा निवेदन परेका थिए । त्यसमध्ये छनोटमा ३०९ घर परेका थिए भने सम्झौता २५९ घरपरिवारको भएको थियो । यसमा १ नम्बर वडामा २५ घर, २ वडामा ४१ घर, ३ वडामा २० घर, ४ वडाका ४६ घरले छानो फेर्न सम्झौता गरेका थिए । रासस

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक […]

वालिङका दुई सय बढी घरमा जस्तापाता

स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन एकाईअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो ।वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ देखि कार्यान्वयनमा आएको यो अभियानअन्तर्गत हालसम्म […]

गलकोटका ३४१ घर खरको छानाबाट मुक्त

बाग्लुङ, ६ साउन । गलकोट नगरपालिकाका ३४१ घर खरको छानाबाट मुक्त भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा १९० र गत आवमा १५१ घरमा रहेका खरका छाना हटाएर जस्तापाताले छाइएको हो । नगरपालिकाका अनुसार अब ६७ घरका छाना फेर्न बाँकी छ । जस्तापाता खरिदका लागि नगरपालिकाले अनुदान दिँदै आएको र चालु आवभित्र नगरका सबै खरका […]

पाल्पामा खरका छाना हटाएर धमाधम जस्तापाता लगाउँदै

खरका छाना भएका घरमा जस्तापाता लगाउने कार्य पाल्पामा धमाधम चलिरहेको छ । खरको छानो विस्थापन गरी जस्तापाता लगाउन स्थानीय सरकारले कार्यक्रम ल्याएपछि घर छाउन नसकेर बसेका विपन्न, गरिब तथा असहाय परिवारले अहिले जस्तापाताले घर छाएका छन् । रामपुर नगरपालिका, रम्भा, पूर्वखोला, माथागढीलगायत गाउँपालिकाले यसै वर्षभित्र खरको छानो लगाउने कार्य सम्पन्न गर्ने योजनाअनुरुप कार्यक्रम सञ्चालन गरिहेका छन् । खरको छानो भएका घरमा स्थानीय तहले बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्यका साथ जस्तापाता उपलब्ध गराएका छन् ।           ‘रामपुरको नगर, खररहित घर’ भन्ने नारासहित आर्थिक वर्ष ०७४/७५ देखि नगरपालिकाले जस्तापाता लगाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकामा खरका छाना भएका करीब आठ सय घरधुरीमा जस्तापाता लगाउने कार्यक्रमअन्र्तगत हालसम्म ४३९ घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य बताउनुहुन्छ । पहिलो वर्ष रामपुर नगरपालिकाले रु पचास लाख रकम विनियोजन गरी एक सय ४६ खरको छानो भएका घरमा जस्तापाताको छानो उपलब्ध गराएको छ भने दोस्रो वर्ष नगरपालिकाले ५० लाख रकम छुट्याएर १३३ घरधुरीमा जस्तापाता वितरण गरिएको छ ।