वालिङका दुई सय बढी घरमा जस्तापाता

स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन एकाईअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो ।वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ देखि कार्यान्वयनमा आएको यो अभियानअन्तर्गत हालसम्म […]

सम्बन्धित सामग्री

माटाको छाना हटाउन जस्तापाता सहयोग

सिमकोट – न्यून आयश्रोत भएका लक्षित वर्गका सदस्यलाई जस्तापाता सहयोग गरिएको छ। माटोका छाना हटाएर जस्तापाता छापेर सुरक्षित आवासमा सेवाग्राहीलाई राख्नका लागि गाउँपालिकाले जस्तापाता सहयोग गरेको हो। खार्पुनाथ गाउँपालिका– २ को थालीका लक्षित वर्गका सदस्यहरुले जस्तापाता सहयोग पाएका छन्। उक्त वडाको न्यून आयश्रोत भएका सेवाग्राहमा छनोट भएकाहरूलाई सो सहयोग गरिएको हो। माटोले छापेको घरमा बस्दा […]

यस वर्ष रुकुमका झण्डै दुइ हजार घरका खरकाे छाना हटाइए

काठमाण्डाै – रुकुम पश्चिममा खरको  छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै  घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका– ३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएकाे हो। गएको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक सय २० खरका छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण आठबीसकोट नगरपालिकाले गरेको छ भने सबै भन्दा कम ५२ खरका छाना विस्थापित सानीभेरी गाउँपालिकाले गरेको छ । त्यस्तै मुसिकोट नगरपालि...

घरमा पानी चुहिने समस्याबाट जोगिने ७ उपाय

घरमा पानी चुहिनु र भित्ता रसाउने समस्या वर्षायाममा धेरै देखिन्छ । लगातार वर्षा हुँदा कौसीमा पानी जम्दा, जस्तापाता भएकझ छानो भए प्वाल परेर, भित्ता चर्किएर, पाइपमा प्वाल परेर घरभित्र पानी पस्न सक्छ । यस्तो हुँदा सफा गर्ने, कौसी वा जस्तापातामा भएको प्वाल टाल्ने, पाइप प्वाल परेमा प्लास्टिक वा कपडा कोच्ने गरिन्छ, तर यो अस्थायी मात्रै […]

छानामा जस्तापाता लगाउन अवरोध भएपछि त्रिपालको छानो

कञ्चनपुर । भीमदत्त नगरपालिका-९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाई नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आएका छन् । डडेलधुरा अजयमेरुको थातथलोबाट चौपायासहित उनी यहाँ आएको ३५ वर्ष भयो । सहज जीवनयापनको खोजीमा तराई झरेका उनको परम्परागत पेशा सिलाइकटाइ भए पनि शीप नहुँदा उनले मजदुरी गरेर परिवारको खर्च चलाउँदै आएका छन् । ‘पहाडमा आफ्नो सम्पत्ति थिएन,’ उनले भने, ‘जीविका चलाउनै अप्ठ्यारो भएपछि यहाँ आएको हुँ ।’ उमेर छँदा नजिकको वन क्षेत्र र महाकाली नदीले बगाएर ल्याउने दाउरा संकलन गरी भारतीय बजार टनकपुरसम्म पुगेर बेच्ने गरेको उनले बताए । ‘भारतीय बजारमा दाउरा बेच्दै साँझबिहान छाक टार्दै आएको थिएँ,’ उनले भने, ‘दाउरा संकलन नगरेका बेला मजदुरी गर्थें ।’ उमेर ढल्किँदै जाँदा अहिले उनले दाउरा बोक्न सक्दैनन् । मजदुरी गर्ने अवस्था पनि छैन उनको । मुक्तहलिया पुनःस्थापना कार्यक्रमले उनी बस्ने घर त बनाइदिएको छ । भारतीय सुरक्षाकर्मीबाट उनको घरमा जस्तापाता लगाउन अवरोध भयो । त्यसैले प्लास्टिकको त्रिपाल राखेर काम चलाएको उनले बताए । दमाई परिवार बसोवास गरेको जग्गा दशगजामा पर्छ भन्दै भारतीय सुरक्षाकर्मीले पाँच वर्षअघि जस्ता राख्न नदिएको उनले बताए । भारतीय पक्षबाट सताउने कार्य भने नभएको उनले बताए । भारतीय सुरक्षाकर्मीको डरले यहाँका अधिकांश परिवारले पुनःस्थापना कार्यक्रमअन्तर्गत पाएको घरमा छाना हाल्न पाएका छैनन् । परदेशीजस्तै सीमा क्षेत्रमा बस्दै आएका मदन सार्कीको घरको छानोमा पनि त्रिपाल राखिएको छ । त्रिपालबाट वर्षात्का बेला भिज्दै रात काट्नुपर्ने बाध्यता रहेको यहाँका बासिन्दाको दुखेसो छ । ‘आर्थिक विपन्नताका कारण उपचार गर्न नसक्दा भाइ र बुवाको मृत्यु भो,’ उनले दुखेसो पोखे, ‘तीन दशकदेखि यहाँ बस्दै आए पनि विपन्न लागि आर्थिक अवस्था सुधारका लागि कुनै निकायबाट पनि गतिलो कार्यक्रम आएको छैन ।’ सीमा क्षेत्रमा बस्दै आएका परिवारको आम्दानीको एक मात्रै माध्यम मजदुरी हो । ‘मजदुरी गर्न पाउँदा पेटभरि खान पाइन्छ,’ उनले भने, ‘मजदुरी नपाएर कयौं दिन भोकै पनि बस्नुपरेको छ ।’ सीमा क्षेत्रकै ब्रह्मदेवमा बस्दै आएकी बसन्ती ढिकालसँग पनि आफ्नो स्वामित्वको घरजग्गा छैन । अर्काको जग्गामा झुपडी बनाएर बस्दै आएकी ढिकालका श्रीमान् पाँच वर्षअघि कमाउनकै लागि भनेर भारत गएका थिए । गएपछि उनी अहिलेसम्म घर नफर्किएको उनले बताइन् । -रासस

वडाले नै दिँदैन जस्तापाता, बन्ला त खरको छानोमुक्त गाउँ?

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ स्यालापानीकी आइती विकको घर खरले छाएको छ। उपमहानगरपालिकाले खरको विस्थापित गरी जस्तापाता दिने भनेकाले पटकपटक निवेदन दिइसकेकी छन्। तर‚ अझै पाएकी छैनन्। अहिले त उनको आशा पनि मरेको छ।‘वडाले फोहोर साल जस्तापाता दिन्छ भनेकाले हामीले दुई तीन पटक निवेदन दिएका थियौँ‚’ आइतीले भनिन्‚ ‘तर, अहिलेसम्म पाएनौँ। अब पाइएला जस्तो लाग्दैन।’स्यालापानीका करिब १५ घरमा खरको छानो छ। जस्तापाताका लागि उनीहरू उपमहानगरपालिका र वडा कार्यालयमा पटकपटक धा

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक […]

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नं १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ ...

बागलुङमा ढुङ्गेघरको चलन हराउँदै

बागलुङ । बागलुङ जिल्लामा पछिल्लो समयमा ढुङ्गेघरको चलन हराउँदै गएको छ । भूकम्पबाट भत्किएका घरहरु पुनःनिर्माण हुने क्रममा ढुङ्गाको ठाउँमा जस्तापाता प्रयोग गर्न थालेपछि ढुङ्गेघरको चलन हराउन थालेको हो । ढुङ्गाले घर छाउँदा भूकम्प प्रतिरोधात्मक नबन्ने र टिनले छाउँदा छानो हलुका घरमा क्षति कम हुने प्राविधिकहरुले सिफारिस गर्न थालेपछि घरहरुमा पनि धमाधम जस्तापाता प्रयोग भैरहेको […]

दाङलाई खरका छानामुक्त बनाउने अभियान

दाङ : दाङका स्थानीयतहरूले खरको छानो मुक्त बनाउन लागेका छन्।यसअघि तुलसीपुर र घोराहीले अभियान शुरू गरेका थिए। यस आर्थिक वर्षदेखि बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाले पनि खरको छानो मुक्त गाउँपालिका बनाउने अभियान शुरू गरेका छन्।दंगशीरण गाउँपालिकाले हालसम्म विपन्न समुदायका २५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ। वर्षौंदेखि खरले छाएका घरमा बस्दै आएका ती घरधुरीहरूलाई यस आर्थिक वर्षमा जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकामा यस वर्ष २५५ जनालाई जस्तापाता वितरण गर्ने लक्ष्य लिइए

खरको छानो भएका घरमा जस्तापाता लगाउन शुरु

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा खरको छानोरहित घर निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा वितरण कार्य गरेपछि...