काठमाडौं। ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि क्यूआर पेमेण्टमार्फत् रकम भुक्तानी गर्ने व्यवस्थाको शुरुवात गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ट्राफिक जरिवाना ग्लोबल आईएमई बैंकको क्युआर कोडमार्फत् भुक्तानी गर्न मिल्नेछ। आगामी बैंकहरुमार्फत् पनि भुक्तानीको व्यवस्था मिलाउने तयारी भइरहेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।