टुक्रिँदै एमाले, माधव नेपाललाई सहज पार्न सरकारले ल्यायो अध्यादेश (भिडिओ)

अन्तत: नेकपा एमाले विभाजन हुने भएको छ। मन्त्रिपरिषद् बैठकले एमाले बरिष्ट नेता माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न सजिलो हुनेगरि अध्यादेश ल्याइदिएसँगै एमाले विभाजन हुने निश्चित भएको हो।

सम्बन्धित सामग्री

अध्यादेश खारेज भएपनि आजै मन्त्री नथपिने ! माधव नेपाल विरामी, यादव काठमाडौं छैनन

सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश खारेज गरेपनि सरकारले तत्काल पूर्णता पाउने सम्भावना भने कम हुँदै गएको छ ।

यस्तो छ निर्वाचन आयोगबाट माधव नेपाल र महन्थ ठाकुरले पाएको प्रमाणपत्र

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई आधिकारिकता दिएको छ । आयोगले बुधबार साँझ दुबै पार्टीलाई आधिकारिकता दिने निर्णय गरेसँगै तत्कालै दल दर्ताको प्रमाणपत्र समेत उपलब्ध गराएको छ । दुबै दल राजनैतिक दल सम्बन्धी एन, २०७३ (दोस्रो संशोधन, अध्यादेश २०७८) को दफा ३३ बमोजिम आयोगमा दर्ता भएका हुन् । दुबै पार्टीले आजै आयोगमा सांसद र केन्द्रीय सदस्यको सनाखत गराएका थिए । दुई पार्टीले पाएको प्रमाणपत्र हेर्नुहोस्ः

माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल दर्ता हुन केही दिन लाग्ने

काठमाण्डाै - नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दल दर्ताको लागि अध्यादेशअनुसार नियमावली बन्नुपर्छ । दल विभाजनसम्बन्धी अध्यादेश हिजो जारी भएपछि त्यसअनुसार नियमावली संशोधनको प्रक्रिया सुरु भएको आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन परेको ३५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि १५ दिनसम्ममा प्रक्रिया पूरा गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यादेशअनुसार नियमाव...

‘तयारी पुगेको छैन’ भन्दै निर्वाचन आयोगबाट बाहिरिए माधव नेपाल पक्षका नेताहरु

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधव नेपाल पक्ष नयाँ दल दर्ताका लागि तयारीमा व्यस्त छ। यद्यपि बुधबार नै नयाँ दल दर्ताको सम्भावना क्षीण देखिएको छ। माधव नेपाल पक्षका राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीहरु निर्वाचन आयोगबाट तयारी नपुगेको भन्दै बाहिरिएका छन्। निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले ‘तयारी नपुगेको’ बताए। उनले निर्वाचन […]

अध्यादेश जारी भएसँगै नयाँ दल दर्ताको तयारीमा माधव नेपाल समूह, निर्वाचन आयोग जाने

पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य शुरू गरेको छ ।  आजै निर्वाचन आयोग जाने तयारी भएको नेपालपक्षीय एक नेताले जानकारी दिए ।  दल दर्ताको तयारीका लागि नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र सांसदहरू नयाँबानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् । दल दर्ताका लागि केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले हस्ताक्षर संकलनको काम गरेका छन् ।  आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्...

अध्यादेश ल्याउने निर्णयको एमाले नेपाल पक्षका नेताहरुबाट विरोध

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयको  उनीहरुले त्यसको विरोध जनाएका हुन् । एमाले माधव नेपाल समूहका प्रभावशाली नेताहरुले अध्यादेशको विरोध गरेका छन् । माधव नेपाल समूहका नेता गोकर्ण बिष्ट लगायतले सामाजिक सञ्जालमार्फत विरोध गरेका […]

माधव नेपाल समूहले अध्यादेशको स्वागत गर्यो

काठमाडौं, १ भदौ । नेकपा (एमाले) को माधव नेपाल समूह निर्णायक छलफलमा जुटेको छ। अहिले उक्त समूहको केन्द्रीय सदस्यहरुको छलफल अर्याल होटेलमा जारी छ । अहिले जारी बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोलाई स्वागत गरेको छ । केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले आफूहरुले अध्यादेशको स्वागत गरेको बताए । उनले आफूहरु अहिलेको अवस्थामा नयाँ दल […]

एमाले फुटाउन ‘र’ को ठाउँमा ‘वा’ र २५ प्रतिशत राखेर अध्यादेश ल्याउने तयारी

काठमाडौँ – सरकारले दलविहीन अवस्थामा पुगको एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने भएको छ। सोमबार आकस्मिक रुपमा संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेको सरकारले मंगलबार वा बुधबारसम्म राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको व्यथास्थालाई निक्कै लचक हुने गरी अध्यादेश जारी गर्न लागेको हो। […]