नेपालले साफ फुटबलमा उपलब्धि हासिल गर्नुका ३ कारण र सुधार गर्नुपर्ने ३ पक्ष

नेपाल पहिलो पटक दक्षिण एशियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनशिपमा उपविजेता बनेर फर्किएको छ। कतिपयले नेपाललाई फाइनलसम्म पुर्‍याउन राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको रणनीतिले काम गरेको बताएका छन्।फुटबल विज्ञहरू भने कुशल प्रशिक्षणसँगै समग्र फुटबल क्षेत्रमा आएको सुधार पनि नेपालको राम्रो नतिजाका लागि महत्त्वपूर्ण कारक रहेको बताउँछन्।खेलाडी, खेल विश्लेषक र व्यवस्थापकका नजरमा नेपालको प्रदर्शनमा सुधार हुनुका प्रमुख तीन कारण यस्ता छन्:१. प्रशिक्षकको लगावनेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा आएको सुधारमा कुवेती प्रशिक्षक अल-मुताइरीको योगदानको धेरैले प्रशंसा गरेका छन्।नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी सुजल श्रेष्ठ भन्छन्, 'टिमलाई एउटा परिवार जस्तो बनाएर राख्न, खेलहरूमा उत्प्रेरित गर्न र हामीले गोल गर्न र जित्न सकिन्छ भन्ने विश्वास दिलाउन प्रशिक्षकले हामीलाई आँट दिलाए।''पहिले हाम्रो टिमबाट मुस्किलले मात्रै गोल हुन्थ्यो भने अहिले गोल हुन थालेको छ।'साफ च्याम्पियनसिपको तयारी समितिका संयोजक समेत रहेका राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय पनि प्रशिक्षक अलमुताइरीको रणनीतिले टिमको प्रदर्शन सुधारमा सहयोग पुर्‍याएको स्वीकार्छन्।उपाध्याय भन्छन्, 'हामीले साफको तयारीका लागि वैशाखमै कार्ययोजना बनायौँ।''प्रतिस्पर्धी टिमहरूसँग मैत्रीपूर्ण खेलको योजना बन्यो र खेलाडीहरूको बन्द प्रशिक्षणका लागि पनि पर्याप्त समय लिइयो। पहिला यस्तो तयारी हुँदैनथ्यो।'प्रशिक्षकको रणनीतिमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले सहयोग गरेको उपाध्यायले बताए।साफ च्याम्पियनशिपमा टिमसँगै यात्रा गरेका फुटबल पत्रकार हिमेश बज्राचार्य पनि 'प्रशिक्षकले टिमलाई प्राविधिक सीपसँगै जोस भरिदिँदा नतिजा राम्रो आएको' बताउँछन्।बज्राचार्य भन्छन्, 'प्रशिक्षकको नयाँ शैली, टिम प्रतिको लगाव र खेलाडीहरूको मनोबल उच्च गराउने प्रयत्नले राम्रो काम गरेको देखियो।'२. घरेलु लीगले बढाएको अभ्यासनेपालमा व्यावसायिक फुटबल लीग पनि सुरु भएको छ।नेपाल सुपर लीगजस्ता प्रतियोगिताहरूले नयाँ खेलाडी उत्पादन, उनीहरूको अभ्यासमा निखार र पहिचानमा सहयोग गरिरहेको जानकारहरूको भनाइ छ।उपाध्याय भन्छन्, 'नेपाल सुपर लीगले पनि प्रशिक्षकहरूलाई खेलाडीहरू पहिचान गर्न र छान्न सहयोग गरेको छ।'दक्षिण एशियाको भारत र बङ्गलादेशमा सञ्चालन भइरहेका व्यावसायिक फुटबल लीगले राम्रो प्रगति गरिरहेका कारण नेपालको लीगलाई पनि थप व्यवस्थित र व्यावसायिक बनाउने दबाव उत्तिकै रहेको पत्रकार बज्राचार्य बताउँछन्।३. खेलाडीमा आएको सुधारपछिल्लो समय नेपालको राष्ट्रिय टिममा पर्न खेलाडीहरूबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको जानकारहरू बताउँछन्। जसले खेलाडीहरूलाई आफ्नो जीवनशैली व्यवस्थित गर्न र खेल कौशलमा सुधार गरिरहन दबाव बढेको छ।फुटबल वश्लेषक बज्राचार्य भन्छन्, 'यसअघि कतिपय खेलाडीहरू प्रतियोगिता नचलेको मौका पारेर शारीरिक तन्दुरुस्तीमा ध्यान नदिने बानी परेका पनि थिए।''अहिले कतिपय खेलाडीहरूले खाना पनि हिसाब गरेर खाने अनुशासन पालना गरिरहेका छन्।'प्रशिक्षक अलमुताइरीले प्राविधिक सीपसँगै राष्ट्रिय टोलीका हरेक खेलाडीहरूलाई आफ्नो भूमिकामा प्रदर्शन गर्न बानी लगाएका कारण टिमको प्रदर्शन राम्रो देखिएको उनी बताउँछन्।सुधार गर्नुपर्ने पक्षहरूसाफ च्याम्पयनशिपमा नेपालले खेलेका पाँच खेलमध्ये दुईमा जित, एक बराबरी र दुईमा हार बेहोर्यो।नेपालले भारतसँग लीग चरणमा १-० ले र फाइनलमा ३-० ले हार्यो।भारतसँगको खेलमा नेपाल कमजोर देखिएको थियो जसले नेपाली फुटबललाई दक्षिण एशियाकै उच्च स्तरमा राख्न पनि सुधान गर्नुपर्ने पक्षहरू देखिए।नेपाली फुटबलका जानकारहरूका बुझाइमा थप सुधार गर्नुपर्ने तीन पक्ष यस्ता छन्:१. प्राविधिक साक्षरता र सीपअन्तर्राष्ट्रिय फुटबलमा नयाँ-नयाँ खेल कौशलको विकास भइरहे पनि नेपाली फुटबल टोली प्राविधिक सीपमा पछि परेको धेरैको बुझाइ छ।प्रतिस्पर्धी टिमविरुद्ध प्रभावकारी रणनीतिका लागि प्राविधिक सीपको फुटबलमा आएका नयाँ कौशलहरूबारे जानकारी आवश्यक भए पनि नेपाली टिममा यसको अभाव रहेको पत्रकार बज्राचार्य बताउँछन्।बज्राचार्य भन्छन्, 'नेपाल योभन्दा अगाडि जान फुटबल साक्षरताकै अभाव छ। त्यो भनेको फुटबलमा आएका नयाँ शैली र प्रयोगहरूबारे हाम्रा खेलाडीहरू अभ्यस्त र जानकार हुनु हो।''फुटबलमा नयाँ शैली र तरिकाहरू आइरहेका छन् तर हाम्रोमा खेल सीप साक्षरताको निकै कमी छ। हामी जुन चरणमा आइपुगेका छौँ, त्यसभन्दा अघि बढ्न त्यो सीप अपरिहार्य हुन्छ।'२. व्यावसायिक लीगमा लगानीनेपालमा व्यावसायिक फुटबल प्रतियोगिता सुरु भए पनि यसको स्तर वृद्धि नहुँदा खेलाडीहरूले नयाँ कौशल सिक्न नपाएको जानकारहरूको भनाइ छ।घरेलु लीगले अभ्यास गर्ने अवसर दिए पनि राष्ट्रिय टिमका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सिकेका कौशल अभ्यास गर्न यस्ता लीगहरूमा धेरै सुधार हुनुपर्ने सरोकारवालाहरू बताउँछन्।खेलाडी श्रेष्ठ भन्छन्, 'नेपालमा खेलाडीहरू उत्पादन र अभ्यासको अवसरका लागि गरिने प्रतियोगिताहरू र बनाइने प्रशिक्षण प्रतिष्ठानहरूबारे सरकार र एन्फाले योजनाहरू बनाउन आवश्यक छ।'त्यसका लागि लीगहरूमा लगानी बढाउन आवश्यक रहेको व्यवस्थापक उपाध्याय बताउँछन्।३. खेलाडीहरूको जीवनशैली र तन्दुरुस्तीनेपालको राष्ट्रिय टिमका सबै खेलाडीहरूमा अनुशासित जीवनशैलीको अभाव रहेका कारण उनीहरू शारीरिक रूपमा तन्दुरुस्त नरहेको कतिपयको बुझाइ छ।यसका लागि उनीहरूलाई खानपिनसम्बन्धी ज्ञान र प्रशिक्षणको आवश्यकता रहेको जानकारहरू बताउँछन्।नेपालले प्राविधिक प्रशिक्षकहरूमा लगानी गरिरहे पनि खेलाडीहरूको खानपिन र तन्दुरुस्तीसम्बन्धी क्षेत्रमा लगानी नगरेको पत्रकार बज्राचार्यले बताए।खेलाडी श्रेष्ठ पनि यसमा सहमत छन्।उनी भन्छन्, 'खेलाडीहरूको जीवनशैली र अनुशासन पनि एउटा महत्पूर्ण पक्ष हो। त्यसमा सुधार गर्नुपर्ने पक्ष छ।'सरकारले साफ च्याम्पियनशिपमा राम्रो प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई जनही पाँच लाख र प्रशिक्षकहरूलाई तीन लाख पुरस्कार घोषणा गरेको छ।तर नेपालको फुटबलको स्तर थप उकास्नका लागि यस्ता प्रोत्साहनसँगै खेल पूर्वाधार र खेलाडीहरूको सेवासुविधामा ध्यान दिइनुपर्ने व्यवस्थापक उपाध्यायको सुझाव छ। - बिबिसीनेपालीबाट 

सम्बन्धित सामग्री

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।

सूरुङमार्ग-पूर्वाधार सुधार कार्यदल गठन

पूर्वाधार विज्ञहरुले भौगौलिक भूबनोटका कारण सडकको गुणस्तर कम हुँदै गएको भन्दै सुधार कार्यदल गठन गरेका छन् । पूर्वाधार विज्ञ र सरोकारवाला निकायसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको स्तरोन्नति, ट्राफिक सुरक्षामा सुधार गर्न पूर्वाधार सुधार कार्यदलले गरेको छलफलमा सुरुङमार्ग निर्माणमा जोड दिइएको थियो । पूर्वाधार सुधार कार्यदलले हालका सडक र भाबि दिनमा बन्ने सडकका विषयमा […]

पूर्वमन्त्री पीएल सिंहको स्वास्थ्यमा सुधार

काठमाडौँ- पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको स्वास्थ्य अवस्थामा सुधार भएको छ। पेटको समस्याका कारण पूर्वमन्त्री सिंह अस्वस्थ भएपछि उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। पेप्टिक अल्सरको शल्यक्रियापछि उनी अहिले मेडिसिटीमा आराम गरिरहेको तथा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पेटको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार […]

बुधबारदेखि मौसममा केही सुधार आउने

काठमाडौं : बुधबारदेखि मौसममा केही सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुसार हिजोभन्दा आज केही सुधार भएको मौसम बुधबार थप सुधार हुनेछ।उनका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका १/२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मंगलबार साँझमा भने स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हलुकादे

यस कारण देखियो बैंकहरूको निक्षेपमा सुधार

बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ ।आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका छन् । निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले सर्वसाधारणको निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १० गुणासम्म प्राप्त हुने २१ वर्ष अवधिसम्मका मुद्दती निक्षेप योजना ल्याएका छन् । त्यस्तो मुद्दती निक्षेपमा ब्याजका अ

आजदेखि मौसममा क्रमिक सुधार

काठमाडौं, माघ २३ । आजदेखि मौसममा पूर्ण सुधार हुने भएको छ । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ । आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । ‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए […]

मौसममा सुधार  हुन अझै केही दिन लाग्ने

मनसुनी वायुका कारण मौसममा  सुधार   हुन अझै केही दिन लाग्ने भएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

मनसुनी वायुका कारण मौसममा  सुधार  हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।  “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस