सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ । रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई