बैतडीकी भागरथीको अन्त्येष्टि हुँदै

बैतडी– बैतडीकी भागरथी भट्टको शव आफन्तले बुझेको छ । बलात्कार र हत्या गर्ने अपराधी पक्राउ नपरि शव नबुझ्ने अडान लिएको परिवारले अपराधको आरोपी पक्राउ परेसँगै शव बुझेको हो । आफन्तले शव बुझेर गोठलापानीबाट सेरासम्म शवयात्रा गरी महाकाली नदीको छेउको आर्यघाटमा दाहसंस्कार गरिरहेका छन् । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो । प्रहरीले १३ औँ दिनमा भागरथीको हत्याको आरोपमा त्यही ठाउँका एक किशाेरल...

सम्बन्धित सामग्री

दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै

संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज हुँदै छ । आज बिहान बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिने भएको हो ।

जापानका पूर्व प्रधानमन्त्री आबेको कडा सुरक्षा घेरामा राजकीय अन्त्येष्टि हुँदै

जापान । टोकियोमा मंगलबार पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि कडा सुरक्षाको बीचमा तय गरिएको छ, देशको सबैभन्दा लामो समय सेवा गर्ने नेताको लागि विवादास्पद समारोहको बढ्दो विरोधको बाबजुद ४ हजार भन्दा बढी शोक सभामा उपस्थित थिए। युद्धपछिको अवधिमा जापानले एक पटक मात्र पूर्व प्रधानमन्त्रीको राजकीय अन्त्येष्टि गरेको छ। यो सम्मान १०६७ मा पूर्व प्रधानमन्त्री […]

एलिजाबेथको अन्त्येष्टिमा बाइडेन सहभागी हुने

न्युयोर्क – बेलायतकी महारानी एलिजाबेथ द्धितीयको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने भएका छन्। बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ। ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ। बाइडेनसँगै प्रथम महिला जाने […]

बाइडेन बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ । ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि मिति तोकियो

बेलायतकी दिवंगत महारानी एलिजाबेथको अन्त्येष्ति सेप्टेम्बर १९ मा हुने भएको छ। बकिङ्घम दरवारले उक्त मितिमा एलिजाबेथको अन्त्येष्टि हुने मिति तय गरेको हफपोस्टले जनायो। दिवंगत महारानीको शव वेस्टमिनिस्ट अबेमा अन्त्येष्टि गरिनेछ। आइतवारबाट महारानीको शव स्कटल्यान्ड हुँदै बकिङ्घम लगिने तालिका रहेको बताइएको छ। वेस्टमिनिस्टरमा ४ दिनसम्म सर्वसाधारणलाई पनि एलिजाबेथको पार्थिव शरीरमा श्रद्धाञ्जली…

जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिंदै

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार) बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएकाे छ । राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएकाे छ । गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू फहराइएको छ । साथै सर्वसाधारणले सडकमा उभिएर भावपूर्ण विदाई गरेका छन् । संसद भवन हुँदै शवयात्रा […]

मृत्यु भएको साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै

१० असार, बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० गते […]

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु

दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी  भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा  बुबाको आइतबार मृत्यु भएको थियो । सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पन

नेता गोपाल गिरीको देवघाटमा सम्मानका साथ अन्त्येष्टि

सुमन आचार्य, चितवन । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य गोपाल गिरीको आज चितवनको देवघाटस्थित नारायणी नदी किनारमा अन्त्येष्टि गरिएको छ । आइतबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको गिरीको शव राजधानीबाट ल्याइएसँगै अन्त्येष्टि गरिएको हो । त्यस क्रममा नेता गिरीको पार्थिव शरीरमा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेकपा (मसाल) का केन्द्रीय संगठनकर्ता रहनुभएका गिरी पार्टीको भरतपुर नगर समितिका सदस्यसमेत हुनुहुन्थयो । सोमबार काठमाडौंबाट उहाँको शव पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित उहाँको निवासमा लगिएको थियो । त्यसपछि अन्त्येष्टिका लागि देवघाटमा लगिएको थियो । नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । नेता गिरीलाई अघिल्लो मंगलबार भरतपुरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । चार दिनसम्म सीएमसी अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि हेलिकप्टर मार्फत राजधानी लगेर ह्याम्स अस्पतालमा उपचार गरिएपनि उहाँको ज्यान बच्न सकेन । उहाँले कोरोना संक्रमणलाई परास्त गरेपनि अन्य रोगले भने उहाँलाई नै परास्त गर्यो । नेकपा (मसाल) का इमान्दार र निष्ठावान नेता गोपाल गिरी (का. हरियाली)को निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको मसालले जनाएको छ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, अखिल नेपाल बुद्धिजीवी संघलगायतका संगठनहरुले वक्तव्य प्रकाशित गरी गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मसाल महामन्त्री मोहनविक्रम सिंहले आजै ह्याम्स अस्पतालमा पुगि उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । यो पनि :  महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै