कैलाली – मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा चार–दुई गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो ।
निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा हिमालयन शेर्पाका दुई जना खेलाडीले गोल गर्न सकेनन् । निर्धारित समयमा मनाङका लागि शिशिर लेखी र हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे ।
मनाङले अब उपाधिका लागि भोलि बिहीवार हुने फ्रेन्ड्स र वाग्मती ...