खप्तड गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा मनाङ

कैलाली-  मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो । […]

सम्बन्धित सामग्री

हिमालयनलाई स्तव्ध पार्दै मनाङ फाइनल प्रवेश

मनाङ मस्र्याङ्दी क्लव हिमालय शेर्पा क्लवलाई स्तव्ध पार्दै मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा फाईनल प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई पेनाल्टी शुटआउटमा ४–२ गोलको अन्तरले पराजित गर्दै मनाङ फाईनलको यात्रा तय गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा १, १ गोलको वरावरीमा सकिएपछि पेनाल्टी शुट आउटमा धकेलिएको थियो । हिमालयनका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न चुक्दा मनाङले बाजी मार्यो ।

मछिन्द्रलाई हराउँदै बागमती सेमिफाइनलमा

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटवल क्लवलाई हराउदै बागमती युथ क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । धनगढी रंगशालामा मंगलवार भएको खेलमा मछिन्द्रलाई पेनाल्टी शुट आउटमा ४–२ गोलको अन्तरले हराउदै बागमती अन्तिम चारमा पुगेको हो । यस अघि ए डिभिजन क्लव न्युृरोड टिम एनआरटीलाई पेनाल्टी शुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै बागमती क्वाटर फाईनल प्रवेश गरेको थियो । भने मछिन्द्रले सिधै क्वाटरफाईनल खेल खेलेको हो । लिगको उपाधि जितेपछि मछिन्द्रले मोफसलमा खेलेको यो पहिलो खेल हो ।

फ्रेन्डस काठमाडाैं सेमिफाईनल प्रवेश

धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा ए डिभिजन क्लव फ्रेन्डस सेमिफाईनल प्रवेश गरेको छ। आईतबार धनगढी रंगशालामा भएको खेलमा क्यामरुनको एभिनिर फुृटवल क्लव लाई २–० अन्तर गोलले पराजित गर्दै फ्रेन्डस अन्तिम चारमा पुगेको हो।...

खप्तड गोल्डकप फुटवलको फाइनल आज

धनगढी, माघ १ –  खप्तड गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लव खेल्दैछन् । खेल दिउँसो २ बज...

रुपन्देही—११ द्वारा भुटानको डुकस्टार पराजित

जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा रुपन्देही–११ ले भुटानको डुकस्टार क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

खप्तड गोल्डकपमा आज धरान फुटवल क्लव र संकटा क्लव भिडदै

काठमाडौं, पुस २३ – मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप फुटबलमा आइतबार धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् । खेल दि...