काठमाडौं : मनाङ मर्स्याङदी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मोफसलको सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा मनाङले पेनल्टी सुटआउटमा हिमालयन शेर्पालाई ४-२ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो।प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय दुवै टीमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट भएको थियो। पेनल्टी सुटआउटमा मनाङका अन्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरेका थिए। हिमालयनका शेर्पाका लागि उलिच सिवे र पिस्टन मुटाम्बाल