आकर्षक मूल्यमा नेपाल आयो 'टाटा'को इलेक्ट्रीक साइकल

काठमाडौं । टाटा ग्रुपद्धारा निर्मित इलेक्ट्रीक साइकल नेपाल आएको छ । साइन इन्टरप्राइजेजले ‘स्टाइडर ब्रान्ड’को इलेक्ट्रीक साइकल नेपाल आएको हो । साइन इन्टरप्राइजेज बुटवल वेस कम्पनी व्यवसायी ग्रुप रहेको छ । टाटा इन्टरनेशनल अन्तर्गत स्टाइडर कम्पनीको प्याडल एसिस्ट साइकल साइन इन्टरप्राइजेजले विक्री गर्दै आएको छ । कम्पनीले माघ १ गतेदेखि दुई नयाँ मोडलको इलेक्ट्रीक साइकल […]

सम्बन्धित सामग्री

साहसिक पर्यटनमा साइक्लिङ

नेपाल माउन्टेन बाइकिङका लागि उपयुक्त हुँदाहुँदै पनि यसबाट अपेक्षित लाभ लिन वञ्चित छ । यद्यपि बेला बेला माउन्टेन बाइकिङका बारेमा छलफल/चर्चा भने हुने गर्छ । माउन्टेन बाइकिङका लागि केही रुट तयार भए पनि ती उपयोगमा आउन सकेको देखिँदैन । नेपालमा व्यक्तिगत तथा सामूहिक रूपमा विभिन्न ट्रेलमा साइक्लिङ गर्ने पर्यटक आउने भएकाले बेलाबेलामा माउन्टेन बाइकिङ प्रतियोगिताहरूसमेत हुने गर्छन् । यसैक्रममा सोमवारदेखि १४ देशका माउन्टेन बाइकरहरूले प्रतिस्पर्धा गर्ने अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता शुरू हुँदै छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा पर्ने ३० किलोमीटर ट्रेलमा यो प्रतियोगिता शुरू हुन गइरहेको हो । जबकि यस्ता प्रतियोगिता निरन्तर भइरहनुपर्ने हो । यसरी प्रतियोगिता हुनु राम्रो हो तर यतिले मात्र पुग्ने देखिँदैन । साहसिक पर्यटनका लागि नेपाल प्रमुख गन्तव्य हुँदाहुँदै किन साहसिक खेलहरूको संख्या निकै कम छ भन्ने प्रश्न महत्त्वपूर्ण रहँदै आएको छ । यहाँको भौगोलिक बनोट यस्तो खेलका लागि निकै उपयुक्त छ । विश्वमै साहसिक पर्यटनको एउटा प्रडक्ट हिमाली र पहाडी क्षेत्रमा गरिने साइक्लिङ हो । नेपालमा माउन्टेन साइक्लिङका प्रतियोगिता भइरहे पनि अन्तरराष्ट्रिय रूपमा यहाँको ट्रेलले नाम कमाउन सकेको छैन । यसमा अन्तरराष्ट्रिय स्तरको कार्यक्रम नहुनु एउटा कारण हो भने अर्को भएका कार्यक्रमको पनि प्रचार हुन नसक्नु हो । अहिले विश्वमा उत्कृष्ट साइक्लिङ रुट वा टे्रेल भनेर जुन जुन ठाउँको चर्चा गर्ने गरिएको छ तीभन्दा उत्कृष्ट साहसिक साइक्लिङको अनुभव नेपालमा गर्न सक्ने देखिन्छ । ती रुटमा कतिपय मानवनिर्मित संरचनाबाट साहसिक खेल गराएको पाइन्छ जुन नेपालमा प्राकृतिक रूपमा नै रहेको छ । कतिपय मुलुकमा त कृत्रिम पहाडहरू बनाएर यस्ता खेल आयोजना हुन्छन् । नेपालमा भने यस्तो पहाडहरू र हिमालहरू अनगिन्ती छन् जहाँ माउन्टेन साइक्लिङको उत्कृष्ट अनुभव गर्न सकिन्छ । यी ठाउँमा अन्तरराष्ट्रिय प्रतियोगिताहरू हुने र विश्वविख्यात साइक्लिस्टहरूले भाग लिने हो भने यसको प्रचार भई नेपाल पनि उत्कृष्ट माउन्टेन साइक्लिङको सूचीमा पर्न सक्छ ।  अहिले पनि नेपालमा साइक्लिङ गर्न आउने प्रशस्त छन् । माउन्टेन बाइकिङ अफरोड र अनरोड दुवै हुन सक्छन् र नेपालमा यी दुवै थरी साइक्लिङमा विशिष्ट अनुभूति लिन सकिन्छ । माउन्टेन बाइकिङका पनि विभिन्न शैली र विधा हुन्छन् । यसमा इन्डयुरो, क्रसकन्ट्री, डाउनहिल, स्लोपस्टाइल, फ्रीराइड, फोरक्रस, पम्प ट्य्राक आदि विधा छन् । खासमा माउन्टेन बाइकरहरू उच्च पहाडी भूभाग र वनजंगलमा साइक्लिङ गरिरहेका हुन्छन् । यी सबै खाले साइक्लिङ नेपालमा हुन सक्छ । सरकारले ठूलो लगानीमा अन्तरराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने हो भने पनि विश्वका साइकलयात्रीहरूको ध्यान आकृष्ट गर्न सक्छ ।  साइकल टुरिजम पर्यटनको एउटा विधा हो । एक अध्ययनले २०२२ मा ११६ अर्ब मूल्य बराबरको साइकल टुरिजम भएको देखाएको छ । २०३० सम्म यो प्रतिवर्ष ९ प्रतिशतका दरले बढ्दै जाने आकलन उक्त अनुसन्धानले देखाएको छ । विश्व साइकल टुरिजमको ४० प्रतिशत अंश यूरोपले ओगटेको छ । तर, सम्भावना भएर पनि नेपालले यसको अंश लिन सकेको छैन । त्यसैले नेपालले यसको प्रवर्द्धनका लागि विशेष अभियान चलाउनुपर्छ । त्यसो भयो भने अहिले जसरी ट्रेकिङका लागि नेपाल आकर्षक गन्तव्य बनेको छ त्यसरी नै माउन्टेन साइक्लिङका लागि पनि विश्वकै आकर्षक गन्तव्य बन्न सक्छ ।

फोरेक्स रेमिटले ल्यायो अप्रिल महिनामा आकर्षक साईकल उपहार

जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दिंदै आआएको फोरेक्स रेमिटले आफ्नो सेवाग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आएकोमा अप्रिल महीनाका आकर्षक साइकल उपहार सार्वजानिक गरेको छ । उक्त कम्पनीले फोरेक्ससंग तपाई, तपाई संगसाइकल भन्ने नारा सहित साइकल उपहार योजना सार्वजानीक गरेको हो । कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न …