सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि १० वर्षे कृषि रणनीतिक योजना तयार गर्न थालेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । कृषिलाई व्यावसायिक रुप दिनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रणनीति तयार गरेर काम थालनी गरेको मुख्यमन्त्री कँडेलले बताए । उनका अनुसार कृषिलाई व्यावसायीकरण गर्न दश वर्षे कृषि रणनीतिक […]
लेखक केशवराज ज्ञवालीको दोस्रो कृति 'अज्ञात' सार्वजनिक भएको । फाइन प्रिन्टले प्रकाशन गरेको कृतिमा गोर्खा राज्य बिस्तारका क्रममा योगदान गरेका सिपाही र भुईं मान्छेका कथाहरू छन् ।
काठमाडौं – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधीमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताएका छन् । महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज पदवाहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उनले गैरव्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम सर्तका रूपमा कार्यान्वयन गरिने […]
प्रदेशका १० जिल्लामध्ये सुगम र दुर्गमका आधारमा अनुदान रकममा ठूलो भिन्नता देखिएको छ । नौ स्थानीय तह रहेको सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाले तीन करोड ५३ लाख ३५ हजार रुपैयाँको सिलिङ पाएको छ, जुन प्रदेशभरिकै उच्च हो ।