३० जिल्ला कोरोनमुक्त, काठमाडौंबाहेक सबैमा सक्रिय संक्रमित २० भन्दा कम

काठमाडौं । कोभिड १९ का सक्रिय संक्रमित शून्यमा झरेसँगै नेपालका ३० जिल्ला कोरोनामुक्त भएका छन् । काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । अन्य सबै जिल्लामा यो संख्या २० भन्दा कम रहेको छ । देशभर २२१ जना सक्रिय संक्रमित रहँदा २१५ जना होम आइसोलेसनमा र ६ जना अस्पतालमा उपचाररत छन् । नेपालमा आजसम्म...

सम्बन्धित सामग्री

कोरोना अपडेट : सक्रिय संक्रमित हजारभन्दा कम

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ११ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ संक्रमित भेटिएका हुन्। आज ९० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितको संख्या हजारभन्दा कम

देशभर हाल ९ हजार ४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

देशभर १०८१ जना सक्रिय संक्रमित,२१ लाखले लगाए बुस्टर डोज

काठमाडौं : कोरोना संक्रमण कम भएसँगै नेपालमा सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन्। आज २५ जना संक्रमित भेटिएका छन्। ४ हजार ९५१ मा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका हुन्। त्यस्तै, आज ८१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।२४ घन्टामा संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन। देशभर १७ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत रहेका पनि मन्त्रालयले जनाएको छ। यस्तै, नेपालमा हालसम्म लक्षित

देशभर ५ हजार भन्दा कम सक्रिय संक्रमित, २४ घण्टामा ६५ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर जम्मा ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ५ हजार भन्दा कम रहेका छन् ।अर्थात देशभर ४ हजार ९१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा कोरोना परीक्षण भएको थियो ।

२४ घण्टामा ६८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २० हजार भन्दा कम

पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा को

सक्रिय संक्रमित पाँच हजारभन्दा कम, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा एक सय ६७ जना संक्रमित थपिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। यस्तै, आज २२६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ९ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ८१ जना संक्रमित आइसियु र २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।

भारतमा १ सय ५१ दिन यताकै सबैभन्दा कम सक्रिय संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो समयावधिमा ३७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । आइसीएमआरको तथ्याँकअनुसार भारतमा यसबेला ३ लाख ६१ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन्, जुन १५१ दिन यताकै कम हो ।पछिल्लो तथ्याँकअनुसार २४ घण्टामा १७ लाख २१ हजार २०५ जनाको कोरोना परीक्षण गरिएको छ भने ५७ करोड ६१ लाखभन्दा बढी भारतीयले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।   भारतमा अहिलेसम्म ३ करोड २३ लाख जनामा संक्रमण पुष्टि भैसकेको छ भने ४ लाख ३३ हजार जनाको

धनकुटामा निषेधाज्ञा खुकुलो, सक्रिय कोभिड संक्रमित २ सय मुनि

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको अवस्थामा निषेधाज्ञा लगाउने कार्यविधि नै बनाएको थियो । सक्रिय संक्रमित २ सय भन्दा कम भएसँगै निषेधाज्ञा खुकुलो पारिएको प्रशाासनले जनाएको छ ।

७० दिनमा भारतमा सबैभन्दा कम कोरोना संक्रमित

एजेन्सी। भारतमा लगातार पाँच दिन कोरोना संक्रमितको संख्यामा गिरावट आएको देखिएको छ। पछिल्लो २४ घण्टामा ७० दिनपछिकै सबैभन्दा कम ८४,३३२ संक्रमित भेटिएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमित २,९३,५९,१५५ पुगेका छन् भने मृतकको संख्या ३,६७,०८१ पुगेको छ। कोरोना जित्नेको दर ९५.०७ प्रतिशत पुगेको छ। अब भारतमा सक्रिय संक्रमित ११ लाखभन्दा कम छन्। संक्रमण दर ४.३९ प्रतिशतमा ओर्लेको छ।

चितवनमा कोरोनाको सक्रिय संक्रमित १०० भन्दा कम

२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ […]