भक्तपुरमा नयाँ एसपी

महानगरीय प्रहरी परिसर भक्तपुरमा नयाँ एसपी (प्रहरी उपरीक्षक) सरुवा भई आएका छन्। सरुवा भई आएका नयाँ एसपी शिवकुमार श्रेष्ठलाई मंगलबार एक समारोहबीच भक्तपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ।...

सम्बन्धित सामग्री

माओवादीको भक्तपुर नगर सम्मेलन आज

भक्तपुर – भक्तपुरका चार वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नगर सम्मेलन आज शनिबार हुने भएको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगरसम्मेलन हुन लागेको हो । सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुने छ । पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए […]

भक्तपुरमा १३ सय रोपनीमा धान फलेन

भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन् ।करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो ।भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका […]

‘भक्तपुरले विकासमा फड्को मार्यो’

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् । विजयादशमी, दिपावली, नेपाल संवत् तथा छठपर्वका अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सल्लाघारीमा आयोजना गरेको शुभकामना, चियापान तथा सांस्कृतिक कार्यक्रममा उनले भक्तपुरले विकासमा निकै फड्को मारेको बताए ।बस्नेतले भने, “भक्तपुरले कयौँ वर्ष विकास पाएन, अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग सावित भयो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो ।” कार्यक्रममा राष्ट्रिय य

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल रहेका छन् ।भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका हुन् ।&nbs

रौनक हराएको भक्तपुरको गाईजात्रा

‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’। गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन। कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन्।

भक्तपुरमा कोरोना  : अहिलेसम्म ३१३ को मृत्यु

भक्तपुर : भक्तपुरमा आइतबार एकैदिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये आइतबार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो।अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार भक्तपुर नगरपालिकाका ७८ वर्षिय एक पुरुष र सूर्यविनायक नगरपालिकाका १० का ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। त्यसैगरी चाँगुनारायण नगरपालिका ५ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो।यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख

भक्तपुरका करुणामय

भक्तपुर नगरपालिका–२, तापालाछिटोलमा लोकेश्वर महाविहार (जेतवर्ण महाविहार) नामको प्रसिद्ध बौद्धविहार छ। भक्तपुर राजदरबारदेखि पश्चिममा अवस्थित सो विहारमा पूर्वाभिमुख एक तीनछाने मन्दिर छ।...

भक्तपुरमा विद्युत् तार भूमिगत गरिने

भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तार भूमिगत गर्ने योजनाअघि सारेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउँदै सम्पदा बस्तीभित्र तारहरू भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने बताए ।भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने […]

भक्तपुरमा मेलम्चीको पानी एक महिनाभित्र

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँगको भेटमा भक्त...

भक्तपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भक्तपुर  नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । घटनामा अर्का एक घाइते भएका छन् । करेन्ट लागेर दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपा