देउवाले आज सरकारी निवास बालुवाटार छाड्दै

काठमाण्डाै - निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । हिजो सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्न लाग्नुभएको हो । प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छोड्ने तयारी गरेको बुझिएको छ । हिजो प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । 

सम्बन्धित सामग्री

निवर्तमान प्रधानमन्त्री देउवाले आज बालुवाटार छाड्दै

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

देउवा आज बालुवाटार छाड्दै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लाग्नुभएको हो । प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा हुनुहुन्छ । देउवा बूढानिलकण्ठकै कुनै एक […]

ओलीले बालुवाटार छाड्दै, कार्यकर्तासहित सयौं गाडीको स्कटिङमा बालकोट पुग्‍ने

न्युज अफ नेपाल, काठमाडौ‌‌‌ । सर्वोच्च अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लागेका हुन् । आजदेखि उनी निजी निवास बालकोटमा बस्नेछन् । ओली बालुवाटारबाट बालकोट जाँदा उनलाई सयौं […]

बालुवाटार छाड्दै ओली, यसरी जाँदैछन् बालकोट

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै छन् ।