दोस्रो चरणमा देउवासँग भिड्ने शेखरको तयारी, पत्रकार सम्मेलनबाट सार्वजनिक गर्दै धारणा

काठमाडौं : कांग्रेस सभापति पदमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। सभापति पदमा शेरबहादुर देउवासँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने निर्णयमा डा शेखर कोइराला पुगेका छन्। उनले केही समयमा पत्रकार सम्मेलन गर्दै यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।  सभापति पदमा हिजो भएको मतदानको मत परिणाम अनुसार शेरबहादुर देउवाले २…

सम्बन्धित सामग्री

दिगो विकास लक्ष्यमा स्वास्थ्यः तथ्य, उपलब्धि र अबको बाटो

दिगो विकास लक्ष्यको जग भनेको सहश्राब्दी विकास लक्ष्य नै हो। सहश्राब्दी विकास लक्ष्य अन्तिम चरणमा आइपुग्दा विश्वव्यापी रूपमै कतिपय लक्ष्यहरू हासिल हुन बाँकी नै थिए। विकास अल्पकालीन नभई दिगो हुनुपर्छ भन्ने मान्यताका साथ विश्वले सन् २०१५ मा समान धारणा अबलम्वन गरेपछि विभिन्न देशहरूले राष्ट्रिय लक्ष्य निर्धारण गरेका छन्।

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छुः प्रधानमन्त्री

महेन्द्रनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे।

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो ।  उहाँले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताउनुभयो ।  ‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।  ‘सरकारले डडेलधुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेलधुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ,’ उहाँले भन्नुभयो, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।’            दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उहाँले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताउनुभयो ।            ‘तपाईंहरू पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सपना हो’, उहाँले भन्नुभयो, ‘कुनैबेला तपाईंहरू जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्थे ।’ आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘आज मैले देखेको सपना कति पूरा भयो भएन ? त्यसको समीक्षा इतिहासले र समाजले गर्नेछ,’ उहाँले भन्नुभयो, ‘परिर्वतनको सपना नदेखेको भए आज हामी यो व्यवस्थासम्म पुग्ने थिएनौं कि ।’ आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उहाँले बताउनुभयो । रासस

‘अष्ट्रेलियाविरुद्ध खेल पोल्यान्डजस्तै हुनेछ’ – रोड्रीगो डे पल

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्व सन्ध्यामा टोलीका मिडफिल्डर रोड्रीगो डे पलले आफ्नो धारणा राखेका छन् । डे पलले अर्जेन्टिनाका लागि जारी विश्वकपको सबै खेलमा पूरा समय मैदान बिताएका छन् । तर उनले तीन खेलमा नै फरक मिडफिल्ड पार्टनर पाएका थिए । […]

‘मेस्सी र रोनाल्डो आफ्नो देशका मात्र होइनन्, सारा विश्व फुटबलका हुन्’

कतार (हाम्रो खेलकुद) – ब्राजिलियन डिफेन्डर मार्किन्हसले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई अर्जेन्टिना र पोर्चुगलको मात्र नभएर सारा विश्व फुटबलले आफ्नो मान्नु पर्ने बताएका छन् । समूह चरणमा स्विटजरल्यान्डको सामना गर्नुअघि आइतबार मार्किन्हसले पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । उनलाई मेस्सी र रोनाल्डोको विश्वकपमा अन्तिम उपस्थितिबारे आफ्नो धारणा राख्न सोधिएकोमा मार्किन्हसले दुवैको प्रशंसा गरे […]

‘मेरो देश, मेरै उत्पादन’अभियान दोस्रो चरणमा

विराटनगर । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी आत्मनिर्भर र समुन्नत राष्ट्र निर्माणमा सघाउने उद्देश्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोस्रो चरण प्रारम्भ भएको छ । दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई प्रदान गरेर यसको शुरआत गरिएको हो । दुवै संगठनले बुधवार नै प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई समेत लोगो हस्तान्तरण गरेका छन् । फ्रेम गरिएको लोगोमा ‘मेरो पहिलो रोजाइ स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु र उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधैं लागिपर्नेछु’ भन्ने चारबुँदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले यो अभियानको थालनी गरेका हुन् । राष्ट्रव्यापी रूपमा गत चैत १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘मेरो देश, मेरै उत्पादन’ प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पुर्‍याउन अहिले दोस्रो चरणमा प्रारम्भ गरिएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै उनले यस अभियानलाई सार्थक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरूको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरीद ऐनमा समेत स्वदेशी वस्तु खरीदलाई प्राथमिकता दिई सोही अनुरूपको व्यवस्था गर्न आग्रह गरे । व्यापार घाटा न्यूनीकरण गरी सन्तुलनमा ल्याउनका साथै समुन्नत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको सो अभियानलाई प्रदेश सरकारले आफ्नै अभियानको रूपमा लिनुपर्ने धारणा उनले राखे । मुख्यमन्त्री राईले संगठन र संघले शुरू गरेको उक्त अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास राख्दै अभियानको कार्यान्वयनमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री मगरले कृषिको सबलीकरणका साथै कृषि र उद्योग क्षेत्रको सन्तुलित विकासले समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने भन्दै सो अभियानलाई अत्यन्त सकारात्मक रूपमा लिएको बताए । यस्तै सामाजिक विकास मन्त्री उषाकला राईले स्वदेशी उद्योगहरूको प्रोत्साहन एवं स्वदेशी वस्तुको प्रयोगमा यस अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विचार व्यक्त गरिन् ।

सकियो सरकार–विप्लव दोस्रो चरणको वार्ता– ‘दुवै पक्ष समान धारणा नजिक’

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)बीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच बुधवार नै दुई चरणमा छलफल भएको हो । पहिलो चरणमा बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता ...

प्रतिनिधिसभा र प्रदेश चुनाव एकै चरणमा गर्न सकिंदैन : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेश चुनाव एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका छन् ।कानूनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले दुवै चुनाव एकैपटक गर्न नसकिने यादवको धारणा छ ।