कर्पोरेट डेभलपमेन्ट बैंकको पर्सामा साधारण सभा आज हुँदै

काठमाडौं, २५ असार । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडको आज १३औं साधारण सभा भइरहेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकबाट १३ औं वार्षिक सभा प्रधान कार्यालय वीरगंज, पर्सामा गर्ने निणर्य गरेको हो । आज हुने कम्पनीको सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि […]

सम्बन्धित सामग्री

कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सोमवार

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सोमवार हुँदै छ । सभा बैंकको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज पर्सामा बिहान ७ः१५ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्तावउपर छलफल हुनेछ । त्यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनउपर छलफलका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि हुनेछ । त्यस्तै सभाले यो बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभिने वा एक्विजिशनसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सोसम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

कर्पोरेट डेभलपमेण्ट बैंकको साधारण सभा फागुन २२ मा, ५.२६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले फागुन २२ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५० करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बोनसपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ५० लाख कायम हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत हुनेछ । सञ्चालक समितिको संख्या ९ बाट ७ गर्नुपर्ने भएकाले सञ्चालक समितिलाई सोहीबमोजिम गर्न÷गराउन अख्तियारी दिने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन ९ गते सार्वजनिक बिदा पर्ने भएकाले फागुन ८ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो पुस ३० गते वार्षिक साधारण सभा

पुस ११, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १४ औं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । कम्पनीले सभा होटेल भिश्वा वीरगञ्ज, पर्सामा बेलुका ५ : ४५ बजेबाट शुरु हुने जानकारी दिएको छ ।सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

युनिलिभर नेपालको साधारण सभा आज हुँदै

कात्तिक ११, काठमाडौं । युनिलिभर नेपालको आज (बिहीवार) वार्षिक साधारण सभा हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ नयाँ बानेश्वर, काठमाडौंमा भर्चुअल अर्थात् भिडियो कन्फरेन्समार्फत दिउँसो ३:४५ बजेदेखि शुरु हुनेछ । सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात् प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेछ । यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ  । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गरेको छ ।

एनसेलले कार्तिक २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने

काठमाडौं, ५ कात्तिक । एनसेल आजियाटा लिमिटेडले दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा गर्ने भएको छ । कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धमा र आर्थिक वर्ष ७७/७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीको अनुसार सभामा सञ्चालक समितिको […]

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ। इन्स्योरेन्स कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीको कारण साधारण सभा अनलाइनमार्फत गर्ने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।

युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकको साधारण सभा शुक्रवार

असार २४, काठमाडौं । शुक्रवार युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकले वार्षिक साधारण सभा बोलाएका छन् । युनियन हाइड्रोपावर लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो भने कर्पोरेट डेभलपमेण्ट बैंकले १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।  युनियन हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को वार्षिक साधारण सभा गर्न लागेको हो । दुवै आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नका लागि कम्पनीले सभा बोलाएको हो ।  कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाट क्षमताको मिदिम खोला करापु जलविद्युत् आयोजनको लागि लिईएको ऋण व्यवस्थापन र अन्य आयोजनाको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि कम्पनीले हकप्रद शेयर मार्फत पूँजी जुटाउने योजना बनाएको हो  । हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट एक जना महिला सहित तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।  सभाका लागि असार १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले असार २५ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णग गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ । सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएका त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गर्नेछ ।  साथै कम्पनीको कार्यक्षेत्र न्यूनतम जोडिएका पाँच जिल्ला हुने भएकाले हाल कार्यक्षेत्रमा जोडिएका एकै प्रदेशभित्रका बारा, रौतहत, सर्लाही र महोत्तरी जिल्ला थप गर्ने निर्णय पनि सभाले गर्नेछ । असार ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाका लागि योग्य हुने कम्पनीको भनाइ छ ।

कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं साधारण सभा असार २५ गते

असार १८, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा असार २५ गते हुने भएको छ ।  सभा बिहान ७:३५ बजे बैंकको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज, पर्सामा हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।  सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  सभाको विशेष प्रस्तावले यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा गर्ने निर्णय गरेको हो ।

कर्पोरेट डेभलपमेण्ट बैंकको १३ औं वार्षिक साधारण सभा असार २५ गते हुँदै

असार ४, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३ औं वार्षिक साधारण सभा असार २५ गते हुने भएको छ । कम्पनीले सभा बिहान ७ : ३५ बजे बैंकको प्रधान कार्यालय आदर्शनगर बीरगञ्जमा हुने जानकारी दिएको छ ।कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले कर्पोरेट डेभलपमेण्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।