विभिन्न प्रलोभनमा परी वैदेशिक रोजगारीका लागि भिजिट भिसामा विदेश पुगेका नेपाली अलपत्र पर्न थालेसँगै सरकारले कडाइ गरेको छ। त्यसैले सरकारले ‘भिजिट भिसाको समस्या समाधान गर्नका लागि भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायसम्बन्धमा सिफारिस गर्न गठित कार्यदल’ गठन गरेको थियो।गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनमा सर्वसाधारणलाई विदेश जानका लागि वार्षिक १० लाख आम्दानी र पाँच लाख रूपैयाँ बैंक ब्यालेन्स