खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएका ८५ जनामध्ये ८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ती, सम्भावित संक्रमित तथा पत्रकारको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा ८४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका डा. मेडिकल अधिकृत शैलेस श्रेष्ठले बताए ।
रसुवाको पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ अर्थात कोरोना नभएको आएको छ । द्रुत विधिबाट परीक्षण गर्दा ‘आरडिटी पोजेटिभ’ देखिएका उनीहरूको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३६ जनाको कोरोना भाइरस (कोभिड–१९) को र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भारत तथा नेपालकै विभिन्न शहरबाट गाउँ आएपछि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।