सरकारी बेवास्ताले पछि पर्दै सौर्य ऊर्जा

काठमाडौं। सौर्य ऊर्जा उत्पादनका लागि नेपाल संसारकै उत्कृष्ट स्थान मानिन्छ । तर, सरकारी बेवास्ताले सौर्य ऊर्जा उत्पादनमा मुलुक पछि परेको सरोकारवाला बताउँछन् । एक अध्ययनअनुसार अहिले संसारभरको ‘सोलार इरिगेशन’ औसत ३ दशमलव ७ युनिट प्रतिवर्गमीटर रहेको छ । नेपालमा यो ४ दशमलव ७ युनिट प्रतिवर्गमीटर छ । यस हिसाबले नेपालले एक वर्गमीटरमा प्रतिदिन ४ दशमलव ७ किलोवाट युनिट सौर्य ऊर्जा उत्पादन गर्ने क्षमता राख्छ । अहिले नेपाल विद्युत् प्राधिकरणसहित १५ ओटा आयोजनाले मात्रै व्यावसायिक रूपमा सोलार विद्युत् उत्पादन गर्दै आएको सरकारी तथ्यांक छ । ती आयोजनाले करीब सय मेगावाट विद्युत् उत्पादन गर्दै आएका छन् । सोमध्ये २५ मेगावाट नेपाल विद्यत् प्राधिकरण आफैले उत्पादन गरेको हो । बाँकी सबै निजीक्षेत्रका सोलार आयोजनाहरूले उत्पादन गरेका हुन् । नेपालमा वार्षिक ३०० दिन सूर्यको किरण प्राप्त हुने हुँदा वर्षेनि ५० हजार ट्रेटा आवर सौर्य ऊर्जा उत्पादनको सम्भावना रहेको विज्ञहरू बताउँछन् । तर, सरकारी बेवास्ताले गर्दा सौर्य ऊर्जाको क्षेत्रमा नेपाल निकै पछि रहेको रिडी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपाल बताउँछन् । उनका अनुसार सौर्य ऊर्जाका लागि नेपालको हावापानी उत्कृष्ट छ । स्पष्ट सरकारी नीतिको अभावमा अन्य छिमेकी मुलुकको तुलनामा हाम्रो स्थान निकै पछि छ । सौर्य ऊर्जा उत्पादनका हिसाबले अहिले चीन विश्वकै नम्बर १ मा पर्छ । उसले वार्षिक ३ लाख ६७ हजार ७ सय १० मेगावाट सौर्य विद्युत् उत्पादन गरिरहेको छ । भारत ६३ हजार १ सय मेगावाट सौर्य विद्युत् उत्पादन गरेर विश्वको चौथो स्थानमा छ । भारतले यसमा अझै प्रगति गरिरहेको छ । प्राधिकरणले अहिले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाका दरले सोलार कम्पनीहरूसँग विद्युत् खरीद गरिरहेको छ । यसअघि २०७२ सालमा ऊर्जा संकटकाल घोषणा हुँदा ९ रुपैयाँ ६१ पैसामा किनेको थियो । नेपालमा अहिले सोलार विद्युत् उत्पादनका लागि ४० ओटा ओयाजनाले सर्वे अनुमति लिएका छन् । तिनको क्षमता ७ सय ५ मेगावाट छ । विद्युत् प्राधिकरणले पटकपटक नीति परिवर्तन गर्दा पनि समस्या भइरहेको बताइन्छ । प्राधिकरणले विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गर्ने प्रक्रियालाई पटकपटक परिवर्तन गरेको छ । यसअघि २०७२ सालमा निजीक्षेत्रका सोलार कम्पनीहरूले प्राधिकरणसँग पीपीए गर्दा प्रतिस्पर्धाको प्रक्रिया अपनाएका थिए । २०७४ सालमा उक्त प्रक्रिया परिवर्तन गरी प्राधिकरणले नै खरीद मूल्य तोक्यो । अहिले फेरि खुला प्रतिस्पर्धाको नीतिमा प्राधिकरण गएको छ । सरकारको यस्तो झन्झटिलो प्रक्रियाका कारण सौर्य ऊर्जा उत्पादन गर्ने निजीक्षेत्रका कम्पनीहरू हतोत्साहित हुने गरेको नेपाल बताउँछन् । विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले पछिल्लो समय प्राधिकरण आफैले पनि २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर यसको प्रवर्द्धनमा लागेकाले प्राधिकरणका तर्फबाट कुनै बाधा नभएको बताए । उनका अनुसार केही कमीकमजोरी भने छन् । ‘त्यसलाई बिस्तारै सुधार्दै जाने योजनामा प्राधिकरण लागेको छ,’ उनले भने । 

सम्बन्धित सामग्री

सौर्य ऊर्जा विकासमा इप्पानको चासो

सरोकारवालाहरूले नेपालमा सौर्य ऊर्जा उत्पादनमा सुधार ल्याउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको नेपालमा ग्रिडजडित सौर्य आयोजनाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका पेपर...

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार प्रकाशित गरेको सूचनाअनुसार कम्पनीका […]

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

काठमाडौँ,१३ मँसिर । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार […]

प्रतिस्पर्धाका आधारमा  सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ। ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै...

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ- लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ – लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ। जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो। सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ। हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए। उत्पादित […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।बेसीसहर नगरपालिका–११ अन्तर्गत मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ । सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय […]

८५० घरधुरीलाई सौर्य ऊर्जा वितरण

काठमाडौँ,८ साउन । केन्द्रीय विद्युत् लाइनको पहँुचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण […]

बारामा सौर्य ऊर्जा उत्पादन सुरु

अपि पावर कम्पनी लिमिटेडले बाराको डुमरवानामा एक मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । नेपाल राष्ट्रिय माविको करिब ६ बिगाहा जग्गा भाडामा लिएर कम्पनीले ८ करोड लगानीमा सौर्य ऊर्जा उत्पादन थालेको हो । नेपालको पहाडी जिल्लाहरुमा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको अपि पावरले मधेस प्रदेशको चन्द्रनिगहापुरमा ४ मेगावाट, ढल्केबर र बाराको डुमरवानामा १/१ मेगाको विद्युत् उत्पादन गरिरहेको छ भने बाराको परवानीपुरमा थप ८ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादनको काम भइरहेको कम्पनीले जनाएको छ  ।

दुई करोड अनुदानमा कर्णालीका पाँच गाउँमा सौर्य ऊर्जा

जुम्ला-वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले माथिल्लो कर्णालीका पाँच स्थानीय तहका दुर्गम गाउँबस्ती झिलिमिली बनाउन साढे २ करोड अनुदान दिएको छ । अहिले जुम्लाका दुई गाउँबस्तीसहित कर्णालीका पाँच स्थानीय तहमा सौर्य ऊर्जा जडान कार्य भइरहेको छ । केन्द्रको करिब २ करोड ४८ लाख अनुदानमा स्थानीय तहको स्वामित्वमा तीन महिनाभित्र सौर्य ऊर्जा उत्पादन हुनेगरी काम अघि बढेको […]