अपि पावर कम्पनी लिमिटेडले बाराको डुमरवानामा एक मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । नेपाल राष्ट्रिय माविको करिब ६ बिगाहा जग्गा भाडामा लिएर कम्पनीले ८ करोड लगानीमा सौर्य ऊर्जा उत्पादन थालेको हो । नेपालको पहाडी जिल्लाहरुमा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको अपि पावरले मधेस प्रदेशको चन्द्रनिगहापुरमा ४ मेगावाट, ढल्केबर र बाराको डुमरवानामा १/१ मेगाको विद्युत् उत्पादन गरिरहेको छ भने बाराको परवानीपुरमा थप ८ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादनको काम भइरहेको कम्पनीले जनाएको छ ।