तामझामसहित शिलान्यास भए तर ठेक्का सम्झौतामै अड्किए

काठमाडौं : सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने भन्दै यस यस अघिको सरकारले हरेक स्थानीय तहमा एउटा अस्पताल बनाउने लक्ष्य लिएको थियो। जसअनुसार गत १५ मंसिरमा एकैपटक देशभर ३ सय ९६ वटा अस्पताल निर्माण गर्ने भन्दै शिलान्यास थालेको थियो। महत्वाकांक्षी रुपमा तामझामका साथ शिलान्यास गरिएका ती अस्पतालको निर्माण कार्य अझै बढ्न सकेको छैन। शिलान्यास गरेको ७ महिनाभन्दा बढी समय भइसकेको छ। जम्मा ८२ वटा अस्पतालको मात्र ठेक्का सम्झौता भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल

सम्बन्धित सामग्री

पोखरा भवनको शिलान्यास, १८ महिनामा सकिने

पोखरा । सूचना केन्द्र, आर्ट ग्यालरी, पुस्तकालय र घण्टाघर रहने पोखरा पोखरा भवनको आइतबार शिलान्यास भएको छ । पोखरा पृथ्वीचोकमा बन्ने उक्त भवन पोखरा महानगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा मेयर धनराज आचार्यले शिलान्यास गरे । १८ महिनामा सक्ने गरी पोखरा भवन कोजु इन्जिनियरिङ, आरुषी, एबीएसी जेभीले ठेक्का पाएको हो । उक्त भवन बनाउन भ्याटबाहेक ६ […]

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

उर्लाबारी, जेठ २४। मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड सराउद्दिन जेभिले २०७१ सालमा ठेक्का पाई काम सुरु गरेको थियो। प्रारम्भिक चरणमा १५ प्रतिशत मात्रै काम गरी सम्पर्कविहीन भएको निर्माण कम्पनीले दोस्रो पटक सम्झौता गरी […]

मध्यबिन्दुमा अस्पताल भवन शिलान्यास

काठमाडौँ,२३ मँसिर । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल भवनको आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले शिलान्यास गर्नुभयो । यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता […]

वाराणसीमा नेपाली वृद्धाश्रम शिलान्यास

वाराणसी – भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरेका छन् ।सो अवसरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने […]

भारतको ललिताघाटमा प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ […]

२२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थलको शिलान्यास

धनगढी – लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भौतिक संरचना निर्माणका लागि बुधबार शिलान्यास गरेका हुन्। शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण गरिने भएको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको […]

३३ महिनाअघि शिलान्यास गरेको सडक अझै अधुरै

२६ भदौ, धनगढी । ७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको वीपीनगरमा बोगटान– सहजपुर सडक कालोपत्रे शिलान्यास गरेका थिए । त्यतिबेला ३० महिनाभित्र कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भए पनि ३३ महिना बितिसक्दा स्थानीय वासिन्दा अझै धुलाम्मे र हिलाम्मे सडकको यात्रा गर्न विवश छन् । डोटीको बोगटान र कैलालीको सहजपुर सँग जोड्ने […]

सम्झौता भएको १३ महिनापछि शिलान्यास

कोहलपुर–सुर्खेत–१३२ केभी विद्युत् प्रसारणलाइन विस्तार आयोजनाको सम्झौता भएको १३ महिनापछि शिलान्यास गरिएको छ ।कर्णालीवासीको बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको उक्त आयोजना निर्माणका लागि ठेकेदार कम्पनीसंँग सम्झौता भएको १३ महिनापछि मंगलबार शिलान्यास गरिएको हो । पोलको फाउन्डेसन निर्माणका लागि आयोजनाको प्रारम्भ विन्दु कोहलपुरमा शिलान्यास गरिएको छ । उक्त आयोजना निर्माणको ठेक्का पाएको भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टसंँग २०७६ […]

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा ...

स्याङ्जामा शिलान्यास भएको ९ वर्षपछि शीतभण्डार बनाइँदै

स्याङ्जा : स्याङ्जामा शिलान्यास भएको ९ वर्षपछि शीतभण्डार निर्माणकार्य थालिएको छ।१२ सय मेट्रिक टन क्षमता रहने 'ब्लक ए' र १३ सय मेट्रिक टन क्षमता रहने 'ब्लक बी' गरी २ वटा ब्लकअन्तर्गत 'ब्लक बी' को निर्माणकार्य ७० प्रतिशत सम्पन्न सकिएको छ। २०६९ सालमा तत्कालीन कृषिमन्त्री हरिबहादुर पराजुलीले १२ सय मेट्रिक टन क्षमताको 'ब्लक ए' शिलान्यास गरेका थिए। नेपाल प्रगती, श्री गीता जेभीले ९ करोड रुपैयाँमा ठेक्का लिएको शीतभण्डार निर्माणकार्य २०७२ सालक