काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनुभएको छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उहाँले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।
देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्...