काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ।यो सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी हवल्दार विषम कुँवरले जानकारी दिए।लगातारको अविरल वर्षा र पहिरोले सडक अस्तव्यस्त बनेको छ। अहिले पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षा नरोकिँदा बाटो खुलाउन समस्या भएको वरिष्ठ प्रहरी हवल्दार कुँवरले बताए।