डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रुसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो । रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरुले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ । रुसी–समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नुअघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्