वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप खाँडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् ।
भूगर्भ सिमेन्ट लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। २०७४ सालमा स्थापना भएको यस उद्योग पश्चिम नेपालको विश्वसनीय तथा उदयोन्मुख सिमेन्ट उत्पादकका रूपमा परिचित हुँदै आएको छ। साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष नन्दी केशर पौड्यालले दीर्घकालीन स्वावलम्बन र प्रतिस्पर्धात्मक उत्पादन क्षमताका लागि प्रतिदिन ८०० देखि १००० मेट्रिक टन क्षमताको रोटरी प्लान्ट […]