प्यूठानका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो । फाँटमा पहिलोपटक धान रोपाइँ गरेका किसान यसको उत्पादनलाई लिएर निकै खुसी देखिएका छन् ।