पाल्पा : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने खुलासा गरेका छन्। सोमबार तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचन लगत्तै पार्टी एकता हुने उनले बताए।नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम छ। ‘पार्टी एकता नै गरेर अगाडि बढ्ने छलफल चलिरहेको छ। निर्वाचन अगाडि नै पार्टी एकता गर्न हतार हुन्छ’