पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा रहेको सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउटको आयोजना तथा कुश्मा नगरपालिका–७ को सहकार्यमा स्थानीयवासी झण्डै १०० जनालाई न्यानो कपडा वितरण गरिएको हो । स्थानीय क्विक रेस्क्यु फोर्सको सहकार्यमा पीडितको बस्तीमै पुगेर कपडा वितरण गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल (निर्जन)ले जानकारी दिए । स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करि