प्रहरीको लागि ‘काम नलाग्ने’ भनिएका हतियार खरिद गरिँदै, ६० करोड कमिशनको सेटिङ

नेपाल प्रहरीका लागि हतियार खरिदको विषयमा घोटला हुन लागेको थाहा पाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार आपत्ति जनायो । एमालेका तर्फबाट सांसद नवराज सिलवालले यस विषयमा आपत्ति जनाए ।८४ करोड रुपैयाँ रकमान्तर गरे नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने बन्दोबस्त जनार्दन शर्माले अर्थमन्त्री हुँदा नै मिलाएका थिए । इटालीको बेर्रेटा कम्पनीले उत्पादन गर्ने ११ सय ५० थान फोल्डिङ सर्ट गन, १ हजार थान पेस्तोल, १० लाख प्लाष्टिकका गोली र २५ हजार थान सेल (अश्रुग्याँस) खरिदका लागि भनेर ८४ करोड बजेट रकमान्तर गरियो । प्रहरी पनि किन्न चाहँदैनहतियार आवश्यक नरहेको र बजार मूल्यभन्दा ३ सय प्रतिशत बढी देखाएर ल्याउन खोजिएको भन्दै संसदमा कुरो उठेपछि सोमबार साँझ प्रहरीले विज्ञप्ति निकालेर हतियार आवश्यक छ भन्यो । नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई फसाउने र बजार भाउ भन्दा ३ गुणा बढी पैसा खर्च भएको देखाएर ६० करोड रुपैयाँ कमिशन खाने दाउमा हतियार किन्ने प्रपञ्च रचिएको दाबी स्रोतले गरेको छ । अहिले खरिद प्रस्ताव गरिएको भनिएका सम्पूर्ण हतियारको मूल्य जम्मा २४ लाख मात्रै पर्ने र बाँकी रकम कमिशनका रुपमा हत्याउने दाउमा शक्ति केन्द्र नजिकको गिरोह रहेको दाबी स्रोतको छ ।नेपाल प्रहरीको नेतृत्वले पनि हतियार खरिद गर्न चाहेको छैन । किनकी, हरेक अफिसरलाई व्यक्तिगत रुपमै पुग्ने पेस्तोल छन् । नेपाल प्रहरीले सोमबार राती जारी गरेको विज्ञप्तिमा हतियारको अभाव झेल्नु परेको र आवश्यकता पूर्तिका लागि खदिर गर्न लागिएको दाबी गरिएपनि प्रहरी नेतृत्व भने हतियार किन्ने मुडमा नरहेको स्रोत बताउँछ ।‘मिडियामा कुरा आईरहेका थिए, तर संसदमा पनि कुरा उठेपछि राजनीतिक दबाबमा परेर प्रहरीले सोमबार राती विज्ञप्ति निकालेको हो’ स्रोत भन्छ, ‘प्रहरीले चुनाव लगायतका विशेष परिस्थितीमा हतियार आवश्यक भए नेपाली सेना र सशस्त्र प्रहरीसँग लिन सक्छ । अहिलेको यस्तो जसटल परिस्थितीमा हतियार किन्ने प्रस्ताव नेपाल प्रहरीबाट आएकै होइन, बाहिरबाट सबै तयारी गरेर प्रहरीलाई दबाबमा पारेर माग बनाउन लगाईएको हुन सक्छ ।’सार्वजनिक भए अनुसार प्रहरीले प्रतिगोटा सर्टगनको २१ सय डलर र ६ एमएमको पेस्तोलका लागि प्रतिगोटा ६९९ डलर खर्च गर्ने भएको छ ।१० वर्ष पहिल्यै ‘काम नलाग्ने’ भनिएका हतियार किन किन्नु ?प्रहरी आफैँले १० वर्ष अगाडी नै काम नलाग्ने घोषणा गरेको ‘१२ बोर’को हतियार किन्ने जोडबल भईरहेको छ । १२ बोरको १२ सय हतियार किन्ने प्रक्रिया सुरु गरिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । १२ बोरको हतियार पड्काउँदा गोली छरिएर जाने र धेरै क्षति हुने भएकाले रमेशचन्द ठकुरी आईजीपी भएका बेला यसको प्रयोगमा बन्देज लगाईएको थियो । तर अहिले पुनः त्यही हतियार खरिद गर्न लागिएको छ । यसकारण पनि यसमा मोटो रकमको चलखेलको आशंक गरिएको छ ।आशंका लागेरै खरिदसम्बन्धी सम्पूर्ण कागजात पेस गर्न गृह र अर्थ मन्त्रालयलाई प्रतिनिधिसभाको अर्थ समितिले निर्देशन पनि दिएको छ  ।

सम्बन्धित सामग्री

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, साउन २ । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। ‘बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,’ गृह मन्त्रालय […]

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। 'बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,' गृह मन्त्रालय स्रोतले भन्यो।'अर्थ मन्त्रालयले बजेट नदिने भनेको छ। मन्त्रीज्यूले पनि हतियार खरिदका लागि पैसा नभएको भन्नुभएको छ। त्यसकारण अहिलेलाई हतियार खरिद प्रक्रिया रोकिए

सरकारले हतियार खरिद गर्ने निर्णय गरेको छैन– प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार खरिद गर्ने निर्णय नगरेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देउवाले सरकारले हतियार किन्ने बारे निर्णय नगरेको स्पष्ट पारेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले देशसञ्चारलाई जानकारी दिए। बैठकमा नेताहरु अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि करोडौँ रकम रकमान्तर गरेको छ […]

प्रहरीको हतियार खरिद प्रकरण : एउटै पेस्तोलको मूल्य ८६ हजार

प्रहरी प्रधान कार्यालयले ८० करोडभन्दा बढी मूल्यको पेस्तोल र भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाएसँगै विभिन्न कोणबाट टिप्पणी गरिँदैछ । कतिपयले प्रहरीका लागि आवश्यक हतियार खरिद गर्नु स्वाभाविक भएको बताइरहँदा कतिपयले चाहिँ देशको अर्थतन्त्र संकटमा परेको समयमा हतियार खरिद गर्नु अनावश्यक हुने बताएका छन् ।इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थान सहितका हातहतियार र गोलीगठ्ठा खरिद प्रक्रियाका लागि राष्ट्र बैंकमार्फत एलसी (बैंक ग्यारेन्टी) खोल्ने चरणमा पुगेको प्रहरी प्रधान कार्यालयले

हतियार खरिद प्रकरणविरुद्ध युवा संघको मसाल जुलुस, जलायो प्रधानमन्त्रीको पुतला

काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए। सोही विषयमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन तथा बृहत् मसाल जुलुस गरेको छ। संघले आज हतियार खरिद…

हतियार खरिद प्रकृया रोक्न नेकपा एकता राष्ट्रिय अभियानको माग

नेकपा एकता राष्ट्रिय अभियानले गृह मन्त्रालयले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाएको छ। अभियानका संयोजक युवराज सफलले मंगलबार एक विज्ञप्ती जारी गर्दै हतियार खरिद प्रकृया तत्काल खारेज...

प्रहरीको हतियार खरिद समय गलत कि नियत ?

काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए। एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालले प्रहरीको हतियार खरिद प्रक्रिया आवश्यकता भन्दा पनि कमिसनको खेल भएको भन्दै आरोप लगाएका थिए। तीन दशक…

प्रचलित कानुन अनुसार नै हतियार खरिद गर्ने प्रक्रियामा छौँ : नेपाल प्रहरी

नेपाल प्रहरीका लागि आवश्यक पर्ने हात-हतियार खरिद सम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि नेपाल प्रहरीले हात-हतियारको अभावको समस्या झेल्दै आएको परिप्रेक्ष्यमा नेपाल सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक हात-हतियार खरिद गर्ने प्रक्रियामा रहेको प्रहरीले स्पष्ट पारेको हो । प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको संगठनात्मक ढाँचा र द

प्रहरीले अत्यावश्यक हतियार खरिद गर्न खोज्दा किन विरोध ?

काठमाडौं, २७ असार । नेपाल प्रहरीको लागि हतियार खरिद गर्ने प्रक्रिया अघि बढेपछि त्यसको विरोध सुरु भएको छ । अर्थ मन्त्रालयले ८४ करोडको हतियार खरिदको लागि बजेट सुनिश्चित् गरेपछि एकाएक अहिले त्यसको आलोचना सुरु भएको छ । तर, सुरक्षा मामिलाका जानकारहरुले भने प्रहरीको लागि अत्यावश्यक भएकोले नै हतियार खरिद प्रक्रिया बढाएको हुनसक्ने भन्ने आफ्नो धारणा […]

१ हजार थान पेस्तोलसहितका हतियार खरिद प्रक्रिया अन्तिम चरणमा

प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानिय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले इटलियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सट