छोटकरीमा : आज - २०७७ माघ ०१, बिहीबार

आज 'प्रचण्ड-माधव नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो', आन्दोलन अझै प्रभावकारी बनाइने', 'चुनाव नगराए ओलीलाई देशमा बस्नै नसक्ने बनाउने देउवाको चेतावनी', 'मनाइयो माघी', 'कोरोना भाइरसको उत्पत्ति बारे अध्ययन गर्न डब्लूएचओको टोली वुहानमा', 'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रोपटक महाभियोग' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीकाे बैठक शुक्रबार पुनः बस्ने गरी सकिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध पाैस १८ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको यो समूहको बैठकमा आन्दोलनका कार्यक्रमको समीक्षा भएको थियो।


कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न बञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताएका छन्। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाए। त्यस्तै उनले चुनाव नगराए प्रधानमन्त्री ओलीलाई देशमा बस्नै नसक्ने बनाउने बताएका छन्।


प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ। उनीहरूले खोक्रो 'राष्ट्रवाद बन्द गर', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरैचोर' जस्ता नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए।


काठमाडाैँ विश्वविद्यालय (केयू) को उपकुलपति बन्‍न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण सिफारिस समितिलाई बुझाएका छन्। व्यक्तिगत विवरणको अध्ययन गरेर माघ ५ गते पुन: समितिको बैठक बस्‍ने कार्यतालिका छ।


प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा १५ महिनादेखि १८ तले भ्यू टावरको निर्माणले तीव्रता पाइरहेकै बेला उनकै जिल्लामा पर्ने मेचीनगरमा ११ तले अर्को भ्यू टावर निर्माण हुने भएको छ।


बिहीबार थारू जातिको मुख्य पर्व माघी काठमाडौँ लगायत देशभर मनाइएको छ। हरेक वर्ष माघको पहिलो दिन थारू जातिले माघी पर्व मनाउने गर्दछन्। यस वर्ष पनि काठमाडौँ लगायत थारूहरूको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ। 


प्रधानमन्त्री केपी ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा उनले जीवनलाई कसरी जीवन्त बनाउने भन्ने विषय योगसँग जोडिएको उल्लेख गर्दै योगकै कारण अधिकांश नेपाली स्वस्थ भएको उल्लेख गरे। हरेक वर्षको जुन २१ अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ।


भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल-भारत संयुक्त आयोग र सीमा विवाद छलफल गर्ने संयन्त्र फरक-फरक भएको बताएका छन्। भोलि बिहान ११ः४५ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक हुँदै छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतको नेतृत्व त्यहाँका विदेशमन्त्री एस जयशंकरले गर्नेछन्। 


प्राकृतिक सिमसार भएको दाबी गरिएको कमल पोखरीको पुनर्निर्माणको क्रममा कंक्रीटको प्रयोग गरिएको छ। पोखरी सुकाएर मध्य भागमा कंक्रीटको फूल राख्ने योजना अनुरूप त्यसाे गरिएकाे हाे। पोखरीलाई सुकाएर कंक्रीटको प्रयोग गरिएकोमा अभियन्ताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्।


र्‍यापर यमबुद्धप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गायक सुनिल गिरीले नयाँ गीत ल्याएका छन्। उनको निधन भएको ४ वर्ष भएको पूरा भएकाे दिनमा 'शब्दहरू' बोलको गीत युट्‍युबमा रिलिज गरेका हुन्।


कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीनको वुहान पुगेको छ। करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न इन्स्टिच्युट, अस्पताल र बजारहरूमा मानिसहरूसँग अन्तर्वार्ता लिनेछन्।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक महाभियोग प्रस्ताव पारित गरेको छ। गत बुधबार अमेरिकी संसद् भवनमा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।


मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले कोरोना भाइरसको महामारी रोक्न देशमा संकटकाल घोषणा गरेर संसद् निलम्बनसमेत गरेका छन्। मलेसियाको कानुनअनुसार संकटकाल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक