नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति स्थानीय उद्योगीका समस्या सुन्न विराटनगर पुगेपछि उद्योग संगठन मोरङले उक्त पहलको स्वागत गरेको छ। समितिका सभापति उज्ज्वल श्रेष्ठको संयोजनमा संगठनको सचिवालयमा भएको बैठकमा उद्योग सञ्चालनका कठिनाइ र समाधानका उपायबारे छलफल भएको हो। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले महासंघको उद्योग समिति पहिलोपटक आफ्नो संस्थामा आएर प्रत्यक्ष संवाद गरेको बताए। […]
धनगढी । कैलालीमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका–३ ठेकीपुरचोकमा बिहीबार भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद छन्। उनीहरूले इलाका प्रहरी कार्यालय […]
काठमाडौं । सरकारले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार दर्ता गराएको विधेयकमा निम्न आय भएका परिवारका लागि आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारलाई सुरक्षित र व्यवस्थित घर उपलब्ध गराउनेसम्मका व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकअनुसार पहिलोपटक घर निर्माण गर्ने नेपाली […]
डा. सुदीपकुमार भट्टाचार्य अब हामीमाझ छैनन्। तर, भोजपुरमा अस्पताल नभएको ठाउँमा सुरु गरिएको सेवा, बुटवलको जंगलमा उभिएको अस्पताल, विराटनगरमा विस्तार गरिएको विशेषज्ञ शल्य चिकित्सा सेवा, वीर अस्पतालको नेतृत्व, नेपाल मेडिकल काउन्सिलको सुदृढीकरण, न्याम्स र राष्ट्रिय ट्रमा सेन्टरको विकासमा उनले पुर्याएको योगदान– यी सबैमा उनको उपस्थिति बाँकी रहनेछ।
Kathmandu. President Ramchandra Paudel has stated that the Jitiya festival has been promoting mutual respect, goodwill, family unity and love, reverence and faith towards women, and the preservation and promotion of indigenous culture in Nepali society.On the occasion of the Jitiya festival today, he extended best wishes for happiness, peace, and prosperity to all Nepalis, stating that such festivals awaken the spirit of mutual tolerance and foster the preservation of Nepal's diversity.In a statement issued by President Paudel, it is mentioned,...