काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।२९ असारमा देउवा सर्वोच्च अदालतको परमादेशको बलमा प्रधानमन्त्री चयन भएका हुन्। उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो। सामान्यतया सरकार बनेको ६ महिनामा राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन छ।