एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ - प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताउनुभयो ।तीन तहको चुनाव गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको भन्दै उहाँले तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । अहिले प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

सम्बन्धित सामग्री

मंसिर ४ को चुनाव निष्पक्ष हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ को चुनाव निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले आउँदो चुनाव निष्पक्ष गर्ने प्रतिबद्धता सरकारका तर्फबाट जनाएका हुन्। उनले चुनावका लागि निर्वाचन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने बताए। देउवाले भने, ‘मंसिर ४ गते सरकारले निष्पक्ष रुपमा चुनाव गराउँछ। आयोगलाई सरकारले पूर्ण रुपमा सहयोग गर्छ।’ प्रतिनिधिसभा […]

एकै चरणमा मंसिर २ गते चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ। बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय र प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मंसिर २ मा चुनाव गर्न आयोगले प्रस्ताव गरेको हो।  आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, […]

स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

माेरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो । चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने...

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री देउवा र आयोगबिच समझदारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज (मंगलबार) आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो […]

जेठ ५ गतेअघि नै स्थानीय तहकाे चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव सम्पन्न हुने भन्दै तयारीमा लाग्न आफ्नो पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते वा त्योभन्दा अघि नै एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भन्दै तयारीमा लाग्न निर्देशन दिनुभएको भेटमा सहभागी नेता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैबीच स्थानीय तहको चुनावबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका...

स्थानीय तहको चुनाव जेठ ४ गते : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन्। जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस […]

तीनवटै तहको चुनाव गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, ७ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तीनवटै तहको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् । देउवाले संसदमा रहेका सबै दलसँग संवाद गरी संसदको विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याउने […]

प्रधानमन्त्री देउवा गठबन्धन तोड्ने तयारीमा, बैशाखमै संसद्को चुनाव गराउने

काठमाडौं, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धन तोड्ने तयारीमा छन् । अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला प्रधानमन्त्री देउवाले पनि त्यस्तै तयारी थालेको बुझिएको छ । प्रधानमन्त्री देउवाले पार्टीभित्रका आफूनिकट नेताहरुसँग पनि गठबन्धन तोड्नेबारे छलफल गरेका छन् । कांग्रेसका एक नेताकाअनुसार एमसीसीका कारण […]

शासन गर्ने भए चुनाव लड्न आऊ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् ।बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रविरुद्धमा नलाग्न चेतावनी दिए । उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका हुन् […]