२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । सोमबार मध्यरातमा मतदान सकिएपछि मंगलबार बिहान सवा ४ बजे राष्ट्रियसभा गृहमा मत गणना सुरु भएको छ । सुरुमा सभापति पदको मतगणना सुरु गरिएको छ । समाचार तयार पार्दासम्म करीब ५० प्रतिशत मत गणना भइसकेको छ । […]