बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै छ। आश्विन शुक्ल अष्टमीमा मनाइने यस पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने परम्परा छ। आजै राति कालरात्रि पूजा गरिन्छ। महाअष्टमीमा घरका पूजाकोठा, दसैँघर, कोत तथा शक्तिपीठमा आआफ्नो परम्पराअनुसार पूजा गरिन्छ। दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने चलनसमेत […]
कतारको गृह मन्त्रालयले अवैध भिसा कारोबारमा संलग्न नहुन रोजगारदाता तथा आप्रवासीलाई चेतावनी दिएको छ। यस्तो कारोबारमा संलग्न व्यक्तिलाई पहिलो कसुरमा तीन वर्षसम्म कैद र ५० हजार कतारी रियालसम्म जरिवाना वा यीमध्ये कुनै एक सजाय हुन सक्ने कानुनी व्यवस्था छ। मन्त्रालयको खोज तथा अनुगमन विभागले अक्टोबर १५ मा आयोजना गरेको अनलाइन सचेतना कार्यक्रममा विदेशी नागरिकको प्रवेश, […]
दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब पुराना दिनको कथाजस्तै बन्दै गएको छ। प्रविधिको विकास, मोबाइल फोनप्रतिको आशक्ति र सहरीकरणका कारण काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरमा चङ्गा उडाउने संस्कृति खुम्चिँदै गएको छ। तर, यही चङ्गालाई एउटा सामान्य खेल वा मनोरञ्जन मात्र नभई विश्व मञ्चमा नेपालको पहिचान र खेल पर्यटनको बलियो माध्यम बनाइरहेका […]