नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको प्रगति: मुख्य सुरुङ खन्ने काम साढे ६५ % सकियो

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ६२.३० प्रतिशत सकिएको छ। नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको हालसम्मको प्रगति

सम्बन्धित सामग्री

नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोल्न अझै ३३७ मिटर बाँकी

नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ३३७ मिटर मात्रै बाँकी रहेको छ। सुरुङमार्गको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म २३ सय ४० मिटर सुरुङ खन्ने काम सकिएको छ तर सुरुङ मार्गका आवश्यक सम्पूर्ण काम सम्पन्न गर्न भने अझै १६ महिनाभन्दा धेरै समय ल...

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको कामले पुनः गति लिँदै, 'फुलफ्लेजमा अझै छैन'

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको कामले पुनः गति लिएको छ। आयोजनामा कार्यरत एक कामदारको दुर्घटनामा मृत्यु भएपछि करिब दुई साता सुरुङ

नागढुंगा–नौबिसे सुरुङमार्ग : संक्रमणमुक्त भएपछि काममा फर्किन थाले श्रमिक

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भएपछि नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना स्थलमा कार्यरत श्रमिक काममा फर्किन थालेका छन् । कोरोना र निषेधाज्ञामा समेत सुचारु सुरुङमार्गमा काम गर्नेमध्ये ८१ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । नेगेटिभ नतीजा आएका केही श्रमिक काममा फर्किन थालेका हुन् । मुख्य सुरुङ खन्ने काम भइरहेको उक्त आयोजनामा डेढ सयभन्दा बढी कामदार खटिएका छन् । तीमध्ये झण्डै आधा श्रमिकलाई कोरोना पुष्टि भएसँगै सुरुङ खन्ने कामसमेत प्रभावित भएको थियो । आयोजनाका अनुसार ६५ जना अझै संक्रमित अवस्थामै छन् भने १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका श्रमिक विस्तारै काममा फर्किन थालेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । ‘शुरूमै स्क्यानिङ, कन्ट्याक्ट ट्रेसिङ कार्य गरेकाले संक्रमण धेरै फैलन पाएन,’ आयोजना प्रमुख शाक्यले भने, ‘संक्रमित श्रमिकहरू पनि निको भएर कार्यस्थलमा फर्किन थालेका छन् । यो क्रम बढ्दो छ ।’ आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त आयोजनाले ९ अर्ब ८५ करोड बजेट पाएको छ । कुल लागत २२ अर्ब रहेको आयोजनाले आगामी आर्थिक वर्षमा ८ अर्ब खर्चने लक्ष्य राखेको भए पनि सरकारले १ अर्ब ८५ करोड बढी बजेट विनियोजन गरिदिएको छ । शाक्यले भने, ‘सरकारले विनियोजन गरेअनुसार अब ९ अर्ब नै खर्च गर्ने लक्ष्यसहित काम गरिनेछ ।’ सरकारले बजेटमार्फत सुरुङमार्गको कामलाई तीव्रता दिई २ वर्षभित्र सञ्चालन गर्न भन्दै उक्त बजेट विनियोजन गरेको हो । हालसम्म आयोजनामा १ अर्ब २० करोडभन्दा बढी खर्च भएको छ । अहिले न्यूनतम श्रमिक राखेर सुरुङ खन्ने कार्यलाई नै तीव्रता दिएको आयोजना प्रमुख शाक्यले जानकारी दिए । सुरुङ निर्माणमा विलम्ब हुन नदिन कमभन्दा कम श्रमिक राखेरै भए पनि काम अघि बढाइएको उनले बताए । कन्ट्याक्ट टे«सिङ गरेर तुरुन्तै संक्रमण भए/नभएको पहिचान गरिने भएकाले आयोजनास्थलमा कोरोनाको ठूलो जोखिम नभएको उनको भनाइ छ । ‘यसबाहेकका अन्य संरचना निर्माणलाई हामी मेकअप गर्न सक्छौं,’ उनले भने, ‘तर सुरुङ खन्ने काममा १ दिन ढिला भए पनि कार्यतालिका नै प्रभावित हुने भएकाले जिल्ला प्रशासनसँग विशेष अनुरोध गरेर नियमित रूपमा काम जारी राखेका छौं ।’ सुरुङ खन्ने काम बन्द नगरिए पनि पहुँचमार्ग (एप्रोच रोड) जस्ता सहायक संरचना निर्माण भने रोकिएको थियो । १० दिनजति रोकिएको यो कार्यलाई निरन्तरता दिन आयोजनाले प्रशासनबाट अनुमति पनि पाइसकेको छ । पहुँचमार्ग तथा रोकिएका अन्य संरचना निर्माण अब छिट्टै शरू गरिने आयोजना प्रमुख शाक्यले बताए । साढे ३ वर्षमा सम्पन्न गर्नेगरी गत कात्तिक ५ गते उक्त सुरुङमार्ग निर्माणको शिलान्यास गरिएको थियो ।

निषेधाज्ञामा रोकिएन सुरुङ निर्माणको काम

काठमाडौं। निषेधाज्ञाको समयमा पनि नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको काम निरन्तर भइरहेको छ। आयोजना प्रमुख नरेशमान शाक्यले निषेधाज्ञामा निर्माणको काम नरोकिने बताए। उनले भने, "स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कम अगाडी बढाएका छौं।" अहिलेसम्म मुख्य सुरुङ ११४ मिटर र सहायक सुरुङको २३३ मिटर खनिएको उनले बताए। आयोजनामा काम गरिरहेका ६५० जना कामदारलाई त्यँही राखिएको छ।