नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो भ्रमण बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि दुई महिनाअघि तत्कालीन भारतीय राजदूत विनमोहन क्वात्राले दिएको निम्तो रहेको बताए।