नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणका लागि नयाँ दिल्ली जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बाहिर आकस्मिक जस्तो भएपनि डेढ महिनाअघि देखिकै तयारी रहेको बताए । ‘मेरो भ्रमण सदभावना भ्रमण हो । नेपाल राष्ट्र र नेपाली जनतालाई हितमा राखेर नेपाल भारत सम्बन्धलाई अझ कसरी राम्रो बनाउने भन्ने विषयमा केन्द्रीत हुनेछ’ प्रचण्डले भने– ‘भारत सरकारका प्रतिनिधि र भारती