राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश सङ्कटमा रहेको वर्तमान अवस्थामा जनता राजावादी र गणतन्त्रवादीमा विभाजित हुने बेला नभएको बताएका छन् । अहिलेको समयमा सबै मिलेर देशलाई जोगाउनु पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले देश जोगाउने कार्यको नेतृत्व राप्रपा नेपालले लिनेमा आफू विश्वस्त रहेको बताए । राप्रपा नेपाल काठमाडौँद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निष्ठापूर्वक हिन्दुराष्ट्रको मुद्दा उठाउने एकमात्र दल राप्रपा नेपाल भएको ठोकुवा गर्दै हिन्दुराष्ट्रको बीउ जो