इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनल ब्राइटोनसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल ब्राइटोनसँग २-१ गोलअन्तरले पराजित भएको हो।
खेलको २८ औं मिनेटमा एनक मेपुको पासमा लिओनार्दो ट्रसआर्डले गोल गर्दै ब्राइटोनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मेपुले नै गोल थप्दै ब्राइटोनको अग्रता दोब्बर बनाए।…