बजेट योजनाको तयारीमा डोटीका स्थानीय तह

डोटी । डोटीका स्थानीय तह आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा अहिले सबै स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका हुन् ।      आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई सुझाव माग गरिएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज गुरुङले बताए । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १२ दिन मात्र बाँकी छ । कानुनी रूपमा आगामी असार १० गते सम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटिरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । यहाँका कतिपय पालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम गर्न थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । यसैगरी शिखर नगरपालिकाले पनि इमेलमार्फत आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव माग गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द शर्माले बताए । जोरायल गाउँपालिकाले एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाको भनाइ छ । रासस  

सम्बन्धित सामग्री

यी हुन अझै बजेट नल्याउने स्थानीय तह

काठमाडौं – बजेट पेस गर्नुपर्ने पाँच महिना बित्दासमेत नौ वटा स्थानीय तहले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस नगर्नेे अधिकांश स्थानीय तह मधेस प्रदेशका रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस नगरेका हुन् […]

बजेटको अन्तिम तयारीमा स्थानीय तह, पालिकामा बजेट संकुचन हुने संकेत

आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन कैलालीका स्थानीय तह अन्तिम तयारीमा जुटेका छन् । असार १० गतेभित्रै स्थानीय सभामा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार समयमै बजेट ल्याउन स्थानीय तह लागिपरेका हुन् । संघीय र प्रदेश सरकारको बजेट संकुचित भएको बेला स्थानीय तहको बजेटसमेत प्रभावित हुने देखिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्राप्त हुने […]

बजेटको तयारीमा पर्वतका स्थानीय तह

यहि असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिबेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र वडा तहबाट संकलन गरिएका योजनालाई एकीकृत गरी प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गर्न यतिबेला जनप्रतिनिधि र कर्मचारलाई भ्याइनभ्याई छ । पर्वतका स्थानीय […]

विपद् पूर्वतयारीमा जुटे स्थानीय तह

मनसुन भित्रिन थालेपछि जुम्लाका स्थानीय तह विपद पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोपजन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्दार र पुनःस्थापनका लागि स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका हुन् । जुुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम १५ लाखदेखि ५० लाखसम्म बजेट विनियोजन गरेका छन् ।सोमबार जिल्ला […]

धमाधम बजेट ल्याउँदै स्थानीय तह

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। उपमहानगरको आठौं नगरसभामा प्रमुख मनोज साहले बजेट प्रस्तुत गरेका थिए।...

देशैभरि आयो स्थानीय तह बजेट, तोकिएकै समयमा पारित गर्न संविधानविद्को सुझाव

काठमाडौँ- मुलुकमा संघीयता कार्यान्वयन भएपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमार्फत पाँच वर्ष नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका स्थानीय सरकारहरुले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएका छन्। केही महिनाअघि निर्वाचित स्थानीय सरकारको पहिलो कार्यकालले ल्याएको बजेटलाई चासोका साथ हेरिएको छ। अघिल्लो पाँच बर्ष स्थानीय सरकार सञ्चालन गरेर दोहोरिएकाले अनुभवबाट सिकेर बजेट ल्याए भने बाँकीले नौलो अनुभव […]

बजेट निर्माणमा व्यस्त दोलखाका स्थानीय तह

काठमाडौँ,९ असार । दोलखाका स्थानीय तह आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा व्यस्त छन् । गत वैशाख ३१ मा भएको निर्वाचनमा सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै आगामी आर्थिक वर्षको बजेट निर्मणका लागि जनप्रतिनिधि सभा, गोष्ठी र छलफलमा व्यस्त भएका हुन् । अघिल्ला जनप्रतिनिधिले भन्दा केही फरक, साझा र लोकप्रिय बजेट बनाउने उद्देश्यले […]

काभ्रेका स्थानीय तह : योजना र बजेट निर्माणमा व्यस्त

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका स्थानीय तह आगामी आर्थिक वर्ष २०७९/८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छन् । नवनिर्वाचित यहाँका जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमा तथा स्थानीय स्तरमा भेला, गोष्ठी गरिरहेका छन् । केही पालिकाले भने नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडाध्यक्ष तथा वडा सचिव लक्षित बजेट निर्माण प्रक्रियाका विषयमा जानकारी […]

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट सुनिश्चितता

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरेको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट रु. ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको हो।  यस्तै मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावे

बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह

असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट, नीति तथा कार्यक्रमको तयारी सुरू हुँदै गर्दा तनहँुँका स्थानीय तहले सुझाव माग गर्न सुरू गरेका छन् । आगामी वर्षको बजेट, […]