चीनबाट स्वदेश फर्किए वर्षमान

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे काठमाडौं आइपुगेको उनको सचिवालयले जनाएको छ । उनलाई स्वागत गर्न माओवादी युवा नेताहरु शालिकराम […]

सम्बन्धित सामग्री

माधव नेपाल स्वदेश फर्किए

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता भएका छन् । दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनि...

माधव नेपाल स्वदेश फर्किए

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता भएका छन् । दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनि...

जुलाई महीनामा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

साउन १९, काठमाडौं । सन् २०२१ को जुलाई महीनामा करीब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महीनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रिन थालेका हुन । गत जुन महीनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । विभागका अनुसार जुलाई महीनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका  छन् । सो अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आ आफ्नो देश फर्किएका छन् ।  पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रिनेभन्दा बाहिरिने विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक  पछिल्लो एक महीनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल आएका हुन् । भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महीनामा बंगलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलंकाबाट तीन पर्यटक नेपाल आएका छन् ।  यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन् । २५ हजार नेपाली स्वदेश फर्किए अध्यागमन विभागका अनुसार गत जुलाई महीनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन् ।  सो अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन् । यस्तै, सो अवधिमा २१ हजार ८७७ जना नेपालीसहित कुल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् । गत जुन महीनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए । रासस