बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । गत चैत ८ गते बसेको प्रदेशसभा बैठक पछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो ।मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको चालु नवौं अधिवेशन चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको थियो । करिव ६४ दिनपछि बागमती प्रदेश