बारको आन्दोलनले दैनिक २ घण्टा इजलास प्रभावित

नेपाल बार एशोशिएनको करीब २ महिना लामो आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । सर्वोच्च अदालतमा करीब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो । गत मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेशी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कानून व्यवसायीको आन्दोलनका कारण १० बजेदेखि १२ बजेसम्मको कानून व्यवसायी इजलासमा नपुग्दा सुनुवाइ प्र...

सम्बन्धित सामग्री

राजनीतिक दलसँगको हारगुहारबाट पनि पार नलागेपछि गले कानुन व्यवसायी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसननको आन्दोलन औपचारिकतामा मात्रै सीमित भएको छ। गत कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारको आन्दोलन आजदेखि औपचारिकतामा सीमित हुँदैछ। बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा मागलाई कटौती गर्दै अब सर्वोच्च परिसरमा एक घण्टा धर्ना दिएर काममा फर्किन कानुन व्यवसायीलाई आग्रह गरेको छ।बारले आजदेखि सर्वोच्च अदालतमा गोला प्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द

काठमाडौं, मंसिर १५ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल […]

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द

काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल बारले आन्दोलनको […] The post प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देशभरका उच्च अदालतमा बारको प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामालाई ‘बटम लाइन’ बनाएर आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा प्रर्दशन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालत अस्थायी इजलासमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध भइरहेको छ । एक महिनादेखि सर्वोच्चकेन्द्रित बारको आन्दोलन उच्च अदालतमा विस्तार गरेको हो । उच्च अदालतहरूमा हुने विरोध […]

कार्टुन फिचर: कार्टुनमा सर्वोच्च विवाद

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसनले तीन सातादेखि धर्ना दिँदै आएको छ । बारको अगुवाईमा कानुन व्यावसायीहरुले नियमित रुपमा सर्वोच्चको मुख्य गेटमा दिनहुँ दुई घण्टा धर्ना दिँदै आएका छन् । न्यायालय सुधारको माग राख्दै कानुन व्यवसायी र सर्वोच्चका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् । तर जबरा टसमस भएका छैनन् । न्यायालयमा आएको याे संकटमा दलहरु चुपचाप छन् । न्यायालयको विवाद न्यायालयमै मिलाउनुपर्ने भन्दै उनीहरु पन्छिइरहेका छन् । बारको आन्दोलन चलिरहेको याे अवधिमा कान्तिपुरका वरिष्ठ कार्टुनिस्ट अविनले सर्वाेच्च अदालत र दलहरुकाे भूमिकालाई यसरी उतारेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको आन्दोलन (तस्बिरहरू)

काठमाडौं । नेपाल बार एशोसियसनले बार परिसरमा कालोपट्टी बाँधेर विरोध गरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको मागसहित आन्दोलनरत बारले आजदेखि संघर्षका कार्यक्रमलाई पुन: निरन्तरता दिएको हो । यसअघि बारले कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्चकेन्द्रित आन्दोलन गरेको थियो । बारले न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन गरिएको भन्दै सहभागी हुन […]