कहाँ हरायो विदेशमा रहेका नेपालीको १० खर्ब ?

नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बा मानिने रेमिट्यान्स आप्रवाह घटिरहेको छ । कोरोना महामारीको समयमा समेत नघटेको रेमिट्यान्स अहिले विश्व ‘लकडाउन मुक्त’ भएपछि भने घटिरहेको छ । कोरोना विरुद्दको खोपलाई अभियानकै रुपमा अघि बढाएर नेपाली श्रम गन्तव्यका अधिकांश मुलुकले अहिले लकडाउन फुकाईसकेका छन् ।नेपालबाट विदेश जानेको संख्या पनि बाक्लो हुँदै गएको छ । लकडाउन अगाडी अर्थात् कोरोना महामारी अगाडी विदेश गएका नेपालीहरु पनि अझै उतै छन् । तर, यस्तो अवस्थामा रेमिट्यान्स आप्रवाह घट्नु मुलुकका लागि सुःखद नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।श्रम स्वीकृति लिने बढे, रेमिट्यान्स घट्योचालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा जम्मा ४६८ अर्ब ४५ करोड रेमिट्यान्स भित्रिएको छ, जबकी, गत वर्षको यो अवधिमा रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा बढेर १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्ष भने यसरी श्रम स्वीकृति लिने नेपालीको संख्या ८९ प्रतिशतले घटेको थियो ।वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले बढेर १ लाख ३० हजार २१२ पुगेको छ । गत वर्षको यो अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।अन्तिम श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको संख्या बिढरहँदा पनि रेमिट्यान्स आप्रवाह भने अस्वभाविक रुपमा ओरालो लागेको छ ।वार्षिक क्षमता २० खर्ब, आयात आधा मात्रैचालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा यो वर्ष रेमिट्यान्स आप्रवाह मुस्किलले १० खर्बको हाराहारी पुग्ने अनुमान गरिएको छ । तर, वैदेशिक रोजगार व्यवसायी, रेमिट्यान्स कम्पनीका सञ्चालक र राष्ट्र बैंक नै पनि अनौपचारिक रुपमा रेमिट्यान्स क्षमता वार्षिक करिब २० खर्ब रहेको तर्क गर्छन् । यद्यपी, मुस्किलले आधा मात्रै आउने गरेको छ । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ रेमिट्यान्स घट्नुमा मुख्यगरी आयात बढ्नु नै भएको बताउँछन् । विदेशबाट पैसा नभई सामानको आयात बढेका कारण रेमिट्यान्स घटेको देखिएको उनको तर्क छ ।यो पनिःम्यानपावर वर्गीकरणमा ११० अर्बको चलखेल, सफल होला त श्रममन्त्री श्रेष्ठको योजना ?‘विदेशमा बसेका नेपालीले पैसा नपठाई सामान पठाउँदा पनि रेमिट्यान्स घटेको हुन सक्छ’ उनले भने, ‘अर्कोतर्फ विदेशमा रहेका नेपालीले यहाँ पैसा पठाएर के मा लगानी गर्ने ? घरजग्गा किन्न सक्ने अवस्था छैन, लगानीका अरु क्षेत्रमा प्रोत्साहन छैन । त्यसैले उतै लगानी गर्न लागेको पनि हुन सक्छ ।’क्रिप्टो, हाइफर फण्ड जस्ता डिजिटल करेन्सीको कारोबारमा नेपालीहरुको पनि लगानी रहेको सुन्नमा आएको भन्दै राष्ट्र बैंकले यस्तोमा लगानी नगर्न अनुरोध गरिसकेको छ । राष्ट्र बैंकले पनि क्रिप्टो, हाइफर फण्ड लगायतमा विदेशमा रहेका नेपालीले लगानी गरेका कारण नेपालमा रेमिट्यान्स कम भित्रिएको अनुमान गरेको छ ।सँगै, लकडाउन खुलेपछि ‘हुण्डी’ कारोबारी पनि सक्रिय भएको हुन सक्ने अनुमान गरिएको छ । औपचारिक च्यानलबाट पैसा पठाउँदा महँगो सेवा शुल्कका कारण विदेशमा रहेका नेपालीहरुले हुण्डीमार्फत पैसा पठाउने क्रम अझै कम हुन नसकेको दाबी कतिपयको छ ।्कसरी बढाउन सकिन्छ रेमिट्यान्स ?नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी ‘आईएमई’का सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि रेमिट्यान्सको अधिकांश हिस्सा दैनिक उपभोग्य बस्तुको खरिदमै सकिने बताउँछन् ।उनले सरकारले रेमिट्यान्स बढाउन वैदेशिक रोजगारीमा रहेकाहरुलाई रेमिट्यान्स पठाउँदा विभिन्न सेवा सुविधा दिएर रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । सँगै, सेवा शुल्क घटाउने लगायतका काम गर्न सकिए नेपालमा रेमिट्यान्स आप्रवाह बढ्ने दाबी ढकालको छ ।राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल पनि उत्पादन मूलक क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्दै विदेशबाट पैसा पठाउँदा सरकारले थप सेवा दिने अभियान थालेको खण्डमा अहिलेको तुलनामा दोब्बर रेमिट्यान्स आप्रवाह बढ्न सक्ने दाबी गर्छन् ।

सम्बन्धित सामग्री

किन चल्दैनन् विदेशमा बनेका नेपाली चलचित्र

काठमाडौं । कोभिड–१९ अघि नेपाली चलचित्र विदेशमा छायांकन गर्ने लहरै चल्यो । त्यसक्रममा अस्ट्रेलियामा ‘ऋती’, ‘ह्याप्पी न्यु इयर’लगायत छायांकन गरिए । तर, यी चलचित्र ‘बक्स अफिस’मा असफल भए । हालसम्म अस्ट्रेलियामा निर्माण भएका आधा दर्जनमध्ये ‘सुनकेसरी’ले जेनतेन लगानी उठाउन सक्यो । बाँकी सबै ‘फ्लप’मा सूचीकृत भए । यसपछि पनि अस्ट्रेलियाबाट नेपाली चलचित्र निर्माण प्रयास त […] The post किन चल्दैनन् विदेशमा बनेका नेपाली चलचित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विदेशमा बढ्दै नेपाली चलचित्रको बजार

काठमाण्डाै - पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ ।  मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहि...

भोलि विदेशमा रहेका नेपाली दूतावास बन्द रहने

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा विदेशमा रहेका नेपाली राजदूतावास पनि बन्द रहने भएका छन् । गृह मन्त्रालयले उनको शोकमा एकदिन विदा दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली राजदूतावासहरु समेत बन्द रहने भएका हुन् । साउदीमा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार जोशीको निधनको शोकमा कात्तिक १ गते (१८ अक्टोबर २०२२) मा राजदूतावास बन्द रहने जनाएको हो । त्यस्तै मलेसियास्थित नेपाली राजदूतावासले पनि १ गते दूतावासका नियमित कन्सुलर सेवाहरू बन्द रहने जनाएक

विदेशमा रहेका नेपाली मतदानबाट बञ्चित हुने कहिलेसम्म ?

नेपालको वर्तमान संविधानले प्रत्येक नागरिकलाई मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । स्वदेशमा रहेका नागरिकले उक्त अधिकार पाउँदा विदेशिएका नेपाली भने मतदानबाट बञ्चित छन् । भूमण्डलीकरणको प्रभाव तथा देशभित्र अवसरको कमीका कारण आज जनसंख्याको ठूलो हिस्सा वैदेशिक रोजगारलगायत कामको सिलसिलामा विदेशमा छन् । केवल भोट खसाल्नका लागि मात्र नेपाल फर्कन सक्ने अवस्थामा उनीहरु छैनन् […]

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सहयोग

झापा – मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेशन नेपाल’मार्फत सहयोग गरेका हुन् । विद्यार्थीले फाउण्डेशनमार्फत रु तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले […]

कति छन् विदेशमा बस्ने नेपाली ?

नेपालले सन् १९११ देखि जनगणना सुरू गरेको देखिन्छ ।  त्यसपछि प्रत्येक दश वर्षमा जनगणना लिइन थालियो।  त्यतिबेला अहिलेको जस्तो व्यवस्थित हुने कुरै भएन । पाँचौ गणनादेखि भने केही व्यवस्थित भएको देखिन्छ । सन् १९११ मा झण्डै ५६ लाख ३९ हजार जनसंख्या देखिएकोमा दश वर्ष पछाडि त्यो घटेर ५५ लाख ७४ हजार देखियो। १९३० मा झन् घटेर करिब ५५ लाख ३३ हजारमा पुग्यो । सन् १९५१ मा हुनपर्ने गणना भने १९५२ र ५४ सम्म भएको देखिन्छ । अघिल्लो गणना सन् २०११ मा भएको थियो।   विश्वमा जनगणनाको इतिहास हेर्दा च

विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिइने

काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिन पहल गर्ने भएको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिन पहल गर्ने जनाएको हो। संविधानले दिएको अधिकारको प्रयोग गर्दै विदेशमा रहेका नेपालीहरू समेत मतदानमा सहभागी हुन सम्भव भएको भन्दै २०७४ चैतमा सर्वोच्च अदालतले सरकारका नाममा दिएको निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयनमा आएको थिएन।

नेपालमा बाढी-पहिरो : विदेशमा बसेका नेपाली सहयोग संकलनमा जुटे

वर्षाको समय सुरु भएसँगै नेपालमा बाढी पहिरोको घटना बढ्न थालेपछि विदेशमा रहेका नेपाली सहयोग जुटाउन लागिपरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभरी नै बाढी तथा पहिरो पीडित बढ्न थालेको भन्दै सहयोग गर्न अपिल गरेको छ । संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै  बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।  उनले मातृभूमिमा रहेका