राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ

काठमाडौं : अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन्।सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने

सम्बन्धित सामग्री

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य

काठमाडौं। सरकारले कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ । आचार्य मन्त्रीस्तरीय निर्णयबाट सञ्चालक सदस्यमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक आचार्य अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् । आचार्यलाई सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराएका थिए । नेपाल सरकारको ५१ प्रतिशत शेयर स्वामित्व भएको कृषि विकास बैंक सञ्चालक समितिमा नेपाल सरकारका प्रतिनिधि पनि हुने व्यवस्था अनुरूप आचार्य सञ्चालक सदस्य नियुक्त भएका हुन् ।

एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । समितिका सदस्य रहेका वैद्यलाई बिहीवार सम्पन्न सञ्चालक समितिको ३६०औं बैठकले अध्यक्षमा नियुक्त गरको हो । अध्यक्ष वैद्यले शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहँदै आएका वैद्य अर्थ विज्ञका रूपमा समेत परिचित छन् ।  राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरीबी निवारण कोषको सदस्य समेत रहिसकेका छन् ।

एभरेस्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य

एभरेस्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य नियुक्त भएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समिति परिवर्तन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (Nepal Infrastructure Bank) मा सञ्चालक समिति परिवर्तन भएको छ । बैंक (NIFRA)ले नेप्से (Nepse)मार्फत सूचना जारी गर्दै सञ्चालक समितिमा परिवर्तन भएको जानकारी दिएको हो ।  कम्पनीका अनुसार रित्त रहेको संस्थापक समूहको तर्फबाट सञ्चालक पदमा ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधिका रुपमा रत्नराज बज्राचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । बज्राचार्यलाई वैशाख १७ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको हो ।  त्यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक समिति सदस्य सुमन पोखरेलले व्यक्तिगत कार्यव्यस्तताका कारण सञ्चालक पदबाट राजीनामा दिएकाले वैशाख १८ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको जानकारीसमेत कम्पनीले दिएको छ ।  यसर्थ नयाँ सञ्चालक नियुक्ति र एक सञ्चालकको राजीनामा स्वीकृतिपछि कम्पनीमा ६ सञ्चालक समिति कायम भएको छ । कम्पनीका अध्यक्षमा अनुज अग्रवाल छन्् भने नवनियुक्त बज्राचार्यसहित कम्पनीका सदस्यहरूमा श्रीकृष्ण नेपाल, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी छन् । शंकर प्रसाद अधिकारी स्वतन्त्र सञ्चालक र लिमा अधिकारी सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सदस्यको रुपमा रहेकी छन् ।  कम्पनीका अध्यक्ष अग्रवाल विशाल ग्रुप लिमिटेडको प्रतिनिधिका रुपमा रहेका हुन् । त्यस्तै सदस्य श्रीकृष्ण नेपाल सरकारको प्रतिनिधिका रुपमा छन् भने लालमणी जोशी इमर्जिङ्ग नेपाल लिमिटेडबाट प्रतिनिधिका रुपमा छन् ।

अर्थ सचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौँ- अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् । सचिव पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिएका हुन्। पुष्कर भर्खरै अर्थ सचिवमा नियुक्त भएका थिए। राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा अर्थ सचिव रहने व्यवस्था रहेको छ ।

गभर्नरद्वारा नेपाल बैंकका सञ्चालक समिति अध्यक्षको शपथ

नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पथ तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्दे

कृषि बैंकको सञ्चालक समिति अध्यक्षमा केसी

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन्।

एनबिबीका अध्यक्षद्वारा शपथग्रहण

नेपाल बंगलादेश बैंकको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि निवर्तमान अध्यक्ष एआरएम नजमुस शकिबलाई नै बैंकको सञ्चालक समिति अध्यक्ष चयन गरेको जनाएको छ।...

सिभिल बैंक अध्यक्षमा पाण्डे

सिभिल बैंकको सञ्चालक समिति अध्यक्षमा प्रतापजंग पाण्डे अध्यक्षमा चयन भएका छन् । सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  पाण्डेले सर्वसम्मत रूपमा बैंकको अध्यक्ष पदमा...

लक्ष्मी बैंकको सञ्चालक समिति अध्यक्षमा नेपाल

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले