माधव नेपालसहित २२ सांसदले दिए स्पष्टीकरणकाे जवाफ

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदले आज बिहीवार स्पष्टीकरणको जवाफ पठाएका हुन् । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विश्वासको मत नपाएका ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिइ आफैँ प्रधानमन्त्री बन्न खोजेपछि त्यस्तो कार्यको विरोध स्वरूप विभिन्न क्रियाकलाप भएको र त्यसलाई विधान विपरीत भन्न नमिल्ने स्पष्टीकरण पत्रमा भनिएको छ ।प्रतिनिधि सभाको पुनर्स्थापना र वैकल्पिक सरकार...

सम्बन्धित सामग्री

फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या …

बालकुमारी घटनाबारे सांसदले उठाएको प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।  बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले छानबिन...

सांसदले के सोधे ? प्रधानमन्त्रीले के जवाफ दिए ? (प्रश्न र जवाफसहित)

४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा बिहीबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन भयो । २५ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यक्ष प्रश्न गरे र प्रचण्डले जवाफ दिए । सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण, टिकापुर घटना, लिम्पियाधुराको नेपाली भूमि फिर्ता, माओवादी लडाकुका नाममा भएको भनिएको भ्रष्टाचारलगायतका विषयमा प्रश्न गरेका थिए । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीका […]

अमेरिकी सेना नेपाल आएको भन्दै सांसदले खोजे जवाफ

अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । ‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे । अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध

नेपाल पक्षका २२ सांसदले पठाए स्पष्टीकरणको जवाफ

काठमाडौं। नेकपा एमालेका माधव नेपाल पक्षका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। सांसद मेटमणि चौधरीले उल्टै पार्टी अध्यक्षसँग स्पष्टिकरण माग्दै स्पष्टिकरणको जवाफ पठाइएको जानकारी दिए। जवाफमा विश्वासको मत नपाएपछि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिई फेरि प्रधानमन्त्री बन्न खोजेकोले विपक्षमा उभिएको उल्लेख गरिएको छ। एमालेले फ्लोरक्रस गर्ने सांसदलाई सर्वोच्चको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पठाएको थियो।

फ्लोर क्रस गर्ने २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि […]

माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।  साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय...

ओलीलाई खनाल नेपाल पक्षका केही सांसदले मात्रै बुझाए स्पष्टीकरण

नेकपा एमालेले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिने क्रम शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित केही सांसदले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयलाई बुझाएको जानकारी दिए । उनका अनुसार खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ तथा कर्णाली प्रदेशका अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिए । आज स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केही