प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च

काठमाडौं / सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । The post प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्रचण्डसँग भेटेको छैन : कामु प्रधानन्यायाधीश कार्की

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रचण्डसँग आफ्नो भेटघाट नभएको बताएका छन् । सोमबार रातोपाटीसँग छोटो कुराकानी गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रचण्डसँग भेट गरेको भनी आएका समाचार कपोलकल्पित रहेको बताएका हुन् ।यसअघि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको घरमा नै पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुईघण्टा भेटघाट गरेको दाबी गर्दै समाचार प्रकाशन भएका थिए । संवैधानिक नियुक्ति लिएका ५२ जना माननीयको मुद्दा संवैधानिक इजलासमा राखिएकै दिन गत बुधबार प्रचण्डले कामु प्रधानन्यायाधीशसँग दुई

प्रधानन्यायाधीश जबरालाई भेट्दै शम्भु थापा र हरिहर दाहाल

काठमाडौं, १३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र हरिहर दाहालले भेट्ने भएका छन् । थापा र दाहालको जबरासँग भेट तय भएको हो । नेपाल बार एशोशिएसनले जबरालाई राजीनामाका लागि दबाब दिइरहँदा भेट हुन लागेको हो । बारका पूर्व अध्यक्ष थापा र दाहाल पनि जबराको विपक्षमा उभिएका छन् । यद्यपि, थापा […]

प्रधानन्यायाधीश र न्यायाधीशसहरुको भेट सकियो, पुन: छलफलमा जुटे न्यायाधीशहरु

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर उनको च्याम्वरबाट बाहिरिएका छन्। सर्वोच्चका १५ न्यायाधीश छलफलपछि जबरालाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीशलाई भेटेर बाहिरिएपछि न्यायाधीशहरु पुन: छलफलमा जुटेका छन्।  प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि...

प्रधानन्यायाधीश जबरासँग सर्वोच्चका न्यायाधीशहरूको सामूहिक भेट शुरू

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका अन्य १५ न्यायाधीशबीच सामूहिक छलफल शुरू भएको छ । आन्तरिक छलफलपछि १५ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबरालाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् । सर्वोच्चका कुल २० न्यायाधीशमध्ये ४ जना बिदामा छन् भने उपस्थित भएका १५ जना न्यायाधीश नै जबराविरोधी कित्तामा उभिएका छन् ।   सामूहिकरूपमा जबरालाई भेट्नुअघि न्यायाधीशहरूले न्यायिक संग्रहालयको सभा कक्षमा भेला भएर छलफल गरेका थिए । सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लाग...

सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्दै

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् । न्यायाधीशहरु र प्रधानन्यायाधीशको भेट बिहान साढे ११ बजे हुने जनाइएको छ ।

सञ्चारमाध्यममा आएका कुरा सत्य छैनन् – प्रधानन्यायाधीश राणा

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले न्यायालयका विषयमा सञ्चारमाध्यममा आएका कुराहरु सत्य नभएको जिकिर गरेका छन्। आफूसँग आइतबार भेट गर्न आएका नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरुसँग प्रधानन्यायाधीश राणाले भने, ‘सञ्चारमाध्यममा आएका विषयहरु असत्य हुन्। कुरा त्यस्तो होइन। मबाट कमीकमजोरी भएको छैन। भएको भए सुधार गरी अघि बढ्न म तयार छु।’ भेटमा सहभागी बारका महासचिव लीलामणि […]

बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर […] The post बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच भेट भएको छैन: सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका हुन् । ‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा […]

सर्वोच्चले भन्यो- प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ।